२०८१ मंसिर ६
                           

चौतारा अस्पतालमा रहेका सबै बेड अब निशुल्क

चौतारा ४ भदौ – प्रादेशिक चौतारा अस्पतालमा रहेका सबै ३६ वटा बेड अब निशुल्क हुने भएका छन्  बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयको निर्णय अनुसार चौतारा अस्पतालमा पनि भदौ १ गतेबाट सबै बेड निशुल्क गरिएका।

अस्पतालमा उपलब्ध क्याबिन, आइ.सि.यु र एन.आइ.सि.यु बाहेकका सबै बेड निशुल्क गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.त्रिभुवनचन्द्र झाले बताउँनुभयो ।

प्रतिक्रिया दिनुहोस्