२०८१ भाद्र २३
                           

३ महिने अभियान लिएर जनतामा जोडिदै माओबादी केन्द्र अन्तिम परिक्षामा छौँ – सापकोटा

निमैल बस्नेत–सिन्धुपाल्चोक
(५ भाद्र २०८०) जनयुद्धमा सदैव जनताकै घरआगनबाट आफ्नो गतिविधि गर्दै आएको नेकपा (माओवादी केन्द्र) यतिखेर जनतामा नै जोडिएर सम्वन्ध विस्तार गर्ने अभियानमा जुटेको छ । जनतासंग माओबादी बिशेष रुपाञ्तरण भभियानमा जनजनमा माओबादी र घरघरमा माओबादी  भन्ने नारा तय अघि बढेको छ ।

अभियानको तयारी स्वरुप जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको पूर्ण बैठक चौतारामा सम्पन्न भएको छ । बैठकमा बोल्दै पार्टी केन्द्रिय उपाध्यक्ष तथा पूर्व सभामुख अग्निप्रसाद सापकोटाले अहिले माओवादी केन्द्र अन्तिम परिक्षामा जुटिरहेको बताए ।

सापकोटाले माओबादी बिग्रदै जानुमा जनाताबाट कटेर सुखसयल र बिलासी जीवनमा रमाउदै जनताको सुखदुःखमा एकाग्रह हुन नसक्नुनै मूख्य कारण भएको तर्क गरे । उनले भने पार्टी कमजोर भयो भने देश कमजोर हुन्छ । पार्टी नेतृत्वकै नेतृत्वमा सरकार रहेको र पार्टीले नै उठाएको एजेण्डामा देश अघि बढिरहेकोले माओबादी बिकल्प नरहेको जिकिर गरे ।


त्यस्तै पार्टी उपमहासचिव एवं बागमती प्रदेश ईन्चार्ज जनार्दन शर्मा  प्रभाकरले पार्टीलाई टु जि बाट फाइप जी भर्सनमा बदल्न बुझाई,व्यवहार र कार्यशैली बदलेर रुपाञ्तरण हुने अभियानमा जुटेको बताए । र, त्यसको लागि सबैले म बाट प्रकृयाको थालनी गर्छु भन्ने संकल्प गरेमात्र सम्भव रहेको नत्र बिलय र विर्जजनको बाटोमा जाने तर्क पेश गरे ।

उनले पहिले पहिले उपल्लो नेतृत्वले तानेर, काखी च्यापेर दिएको जिम्बेवारी र नेताहरुले काम नगरेकाले पार्टीको आम समितिहरुमा निर्वाचनको विधि अवलम्वन गर्ने पार्टीको निर्णय भएको कुरा बैठकमा सार्वजनिक गरे । शर्माले भने“ राजनीतिलाई पेशाको रुपमा हेर्ने र फाईदा बेफाईदाको पक्षमा उभिने हुदा निस्वार्थ सेवाको रुपमा प्रयोग गर्दै जनतामा जोडिन सवैलाई आग्रह गरे  ।


भर्खरै सम्पन्न केन्द्रिय समितिको बैठकबाट ३ महिने अभियान सञ्चालन गर्ने निर्णय भएपछि देशभरका सातै प्रदेशमा एकसाथ कार्यक्रम लिएर जनतामा जाने निधो गरेको थियो ।
यसैक्रममा पहिलो चरणमा ७ वटै प्रदेशको बैठक  सकाएर जिल्ला स्तरको बैठकसम्म आईपुगेको छ । यहासम्म आईपुग्दा माओवादी केन्द्रले गाउँपालिका र नगगरपालिका सम्म कार्यक्षेत्र बनाई जनयुद्धकै झल्को आउने गरि अन्तर जिल्ला कार्यक्षेत्र बनाई कार्यबिभाजन गरेको छ ।

पार्टी केन्द्रले सोहीक्रममा केन्द्रिय समितिका सदस्यहरुलाई पालिकास्तरको नेतृत्व गर्न ३ महिने जिम्बेवारी प्रदान गरि खटाएकोे छ । प्रदेश समिति सदस्यहरुलाई लाई पनि अन्तरपालिकाको जिम्बेवारी दिएर पठाएको छ ।
अभियानको सम्पूर्ण जिम्वेबारी र कार्यक्षेत्र बाँडफाँडको सुचिसहितको परिपत्र पार्टी केन्द्रिय समिति सदस्य एवं सिन्धुपाल्चोक प्रतिनिधीसभा क्षेत्र नम्बर १ का सांसद माधव सापकोटाले प्रस्तुत गरेका थिए ।

उनले प्रस्तुत गरेको परिपत्रमा भाद्र १६ गते देशैभर एकसाथ सञ्चालन हुने ३ महिने अभियानको कार्यसुचि र कामकर्तव्यसहितको जिम्मेवारी समेटिएका छन् । यसरी सञ्चालन गर्ने अभियानको पूर्ववत अवस्थामा पालिका र वडासम्मको बैठक भाद्र १४ भित्र सम्पन्न गरिसक्नुपर्ने उल्लेख गरेका छन्् । अभियानमा फेरी आयो माओबादी भनी जनतासंग जोडिने जनश्रम, भेटघाट तथा अन्तरक्रिया र पार्टीको नेतृत्वमा  सरकारले गरेको कामहरुको बारेमा प्रष्ट पार्दै जनविस्वास बटुल्नेसम्मको कार्यक्रम रहेको छ ।


पार्टी जिल्ला संयोजक गोविन्द पराजुलीको अध्यक्षता र जिल्ला सचिव उदन आलेमगरको सञ्चालनमा भएको बैठक केन्द्रिय समिति सदस्य, केन्द्रिय आयोगहरुका सदस्य,प्रदेश समिति सदस्य, प्रदेश परिषद् सदस्य, सल्लाहकार, जिल्ला सदस्य, जेष्ठ कम्म्युनिष्ट मञ्च, जनवर्गिय संगठन र मार्चा संगठनका केन्द्रिय सदस्य, जिल्ला अध्यक्ष, संंयोजकहरुको सहभागितामा चौतारामा रहेको जिल्ला पार्टी कार्यालयको सभाहलमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्