२०८१ भाद्र २३
                           

निर्माण व्यवसायी संघकाे अधिबेशन सम्पन्न,अध्यक्षमा दिपेन्द्र थापा, लोकप्रीय मत सदस्य भेसनाथ सापकोटाले पाए

निर्मल बस्नेत –(२०८० भाद्र ७) चौतारा – निर्माण व्यवसायी संघ सिन्धुपाल्चोकको ७ औं अधिवेशन तथा १६ औं साधारण सभा बाट अध्यक्षमा युवा व्यवसायी दिपेन्द्र थापा अध्यक्षमा सर्वसहमत चयन भएका छन् ।


थापासंगै प्रथम उपाध्यक्षमा सगुन श्रेष्ठ, द्वितीय उपाध्यक्षमा मोहनकुमार श्रेष्ठ, तृतीय उपाध्यक्षमा घनश्याम नेपाल, महासचिवमा जयचन्द्र कुमार लामा, सचिवमा डबले लामा कोषाध्यक्षमा बालसुन्दर कटुवाल, सहकोषाध्यक्षमा राजेन्द्र टीकाराम थापा र महिला सदस्यमा निर्मला श्रेष्ठ सर्वसहमतीले निर्बिरोध निर्वाचित भएका हुन् ।
बाँकी ६ सदस्य पदमा भने १८ जनाको उम्मेदवारी परेको थियो कुल मतदाता ४ सय ४४ जना रहेकोमा ३ सय ३० मतदान भएको थियो । निर्वाचनमा १७ जना उम्मेदवारहरुबिच भएको प्रतिस्पर्धाबाट  ६ सदस्य निवाचित भएका छन् ।
यसरी निर्वाचित हुने सदस्यहरुमा खसेको कुल मत ३ सय ३० मा भेषनाथ सापकोटाले सर्वाधिक मत १ सय ५४ पाएर लोकप्रीय बनेका छन् ।


साथै बुद्धकुमार घलेले १ सय ३९ मत, रविन्द्र सिलवालले १ सय २५ मत, बिनोद लामा घिसिङले १ सय २१ मत, टंकप्रसाद दुलालले १ सय ७ मत र सरोज केशीले १ सय २ मत प्राप्त गरि बिजयी भएका छन् । निर्वाचनबाट बिजयी सम्पूर्ण कार्यकारीणी समितिलाई निर्वाचन अधिकृत भेषराम ढकालले प्रमाणपत्र र खादामाला पहिर्याईदिएका थिए ।
यसरी निर्वाचित संंघको कार्यसमितिको कार्यकाल आगामी ३ बर्षको हुने संघको बिधानमा व्यवस्था रहेको निवर्तमान अध्यक्ष छत्रबहादुर तामाङले जानकारी दिए ।


साधारणसभाकाे अवसरमा २०७९ सालकाे स्थानीय तहकाे निर्वाचनमा निर्वाचित जनप्रतिनिधि भएका संघका सदस्यहरु , सहयाेगी र आजिवन सदस्यहरुलाई कदर र सम्मानपत्रद्दारा सम्मान गरिएकाे थियाे ।
संघको भवन चौतारामा भाद्र ६ गते बुधवार नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्ष रबि शिंहले उद्घाटन गरेको साधारण सभा तथा अधिबेशन २ दिन सम्म चलेर ७ गते बिहिबार सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्