२०८१ भाद्र २३
                           

सिन्धुपाल्चोकमा कतै कटान, कतै डुवान

अविरल वर्षासँगै आएको बाढी र पहिरोले सिन्धुपाल्चोकको जनजीवन प्रभावित भएको छ ।जिल्लाका विभिन्न भागमा पहिरो जानका साथै जिल्लास्थित नदीनालाहरुमा जल सतह बढ्न थालेपछि कतै वस्तीहरु डुवानमा पर्न थालेका छन् भने कतै बाटाहरु कटानमा पर्न थालेका छन् ।

खागरि जिल्लाको उत्तरी पश्चिम भेग पहिरो र बाढीले आक्रान्त बनेको छ । मेलम्ची, इन्द्रावती जस्ता ठूलाठूला नदीमा बाढी आउँनुका साथै नदीले धार परिवर्तन गर्दा कतै बस्तीहरु डुवान परेका छन् भने कतै कटान परेका छन् ।

मेलम्ची नदीमा आएको बाढीका कारण ग्याल्थुमस्थि सरसस्वती माविको २ वटा शौचालय बगाएको छ भने बढ्दो कटानका करण विद्यालयको एउटा भवन पनि उच्च जोखिममा परेको छ ।

बाढीका कारण मेलम्ची हेलम्बु सडक खण्ड पूर्णरुपमा अवरुद्ध भएको छ भने हेलम्बु गाउँपालिकामा विद्युतीय प्रवाह पनि अवरुद्ध भएको छ । डिही डाँडामा गएको पहिरोको कारण हाइटेशन लाइनको पोल ढलेको कारण मेलम्ची र हेलम्बुको केही स्थानमा विद्युत आपूर्तिमा समस्या आएको नेपाल विद्युत प्राधिकरण हेलम्बु मेलम्ची वितरण केन्द्रले जनाएको छ ।

मेलम्ची नदीले सडकहरु कटान गर्न थालेपछि बी एड स्नातक दोस्रो वर्षको परीक्षामा सहभागि परीक्षार्थीहरु जोखिम मोलेरै भए नि परीक्षा दिन वाध्य छन्  । हेलम्बु सडक खण्डको मेलम्ची ११ सिमखेतमा सडक अवरुद्ध भएका कारण उनीहरु जोखिम मोलेरै भए पनि परीक्षामा सहभागि हुन वाध्य भएका हुन् ।

मेलम्ची ४ स्थित मध्यपहाडी लोकमार्गमा सिन्धु सुरुङ छेउ पहिरोले सडक अवरुद्ध भएको छ भने दुई घरमा क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यस्तै मेलम्ची नवलपुर सडक खण्ड पनि पहिरोको कारण अवरुद्ध भएको छ ।

 

पाँचपोखरी थाङपाल प्रवेश गर्ने मुख्य मार्ग पहिरोको कारण अवरुद्ध भएको गाउँपालिकाका अध्यक्ष टासी ह्योल्मो शेर्पाले जानकारी दिए  । अध्यक्ष लामाका अनुसार खाल्टे र अधेरी खोला लगायत मेलम्ची पाँचपोखरी थाङपाल सडक खण्डको विभिन्न स्थानमा पहिरोले सडक अवरुद्ध गरेको छ ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले दिएको जानकारी अनुसार जिल्लाको अधिकाँश ठाउँमा बाढी र पहिरो जाने क्रम बढि रहेको छ । जिल्लाको बाह्रबीसे तातोपानी सडकखण्डमा यातायात सञ्चालन हुन नसक्ने गरि बाढी र पहिरोले सडक अवरुद्ध पारेको छ भने अधिकाँश ग्रामीण सडकहरु अवरुद्ध भएका छन् ।  नदी तटीय क्षेत्रका समुदायलाई सजग र सुरक्षित हुन प्रशासन कार्यालयले अनुरोध गरेको छ ।

जन आस्था

प्रतिक्रिया दिनुहोस्