२०८१ भाद्र २३
                           

गुणस्तरिय शिक्षाका लागि नगरपालिकाले कुनै पनि कसर बाँकी राख्दैन् : मेयर सापकोटा

चौतारा ८ भदौ – चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले सिंगो नगरपालिाकाको शैक्षिक गुणस्तरियताका लागि नगरपलिका कटिवद्ध रहेको बताउनुभयो । शुक्रबार चौतारास्थित चौतारा बहुमुखी क्याम्पसको २३ औं वार्षिकोत्सव कार्यक्रममा सम्बोधन गदै यस्तो बताउँनुभएको हो ।

गुणस्तरिय शिक्षा विना समृद्ध समाजको परिकल्पना साकार नहुने भन्दै मेयर सापकोटाले गुणस्तरिय शिक्षाका लागि नगरपालिकाले कुनै पनि कसर बाँकी नराख्ने उहाँको भनाई छ ।

चौतारा बहुमुखी क्याम्पसले २३ औं वार्षिकोत्सव मनाएको छ । मेयर कृष्णप्रसाद सापकोटा प्रमुख आथित्यतामा क्याम्पसले २३ औं वार्षिकोत्सव मनाएको हो । उक्त बार्षिकोत्सव समारोहको उद्घाटन मेयर कृष्णप्रसाद सापकोटाले गर्नुभएको थियो ।

 

क्याम्पस प्रमुख नगेन्द्रप्रसाद दंगालले क्याम्पस क्यूएए प्रमाणपत्र प्राप्तिको अन्तिम चरणमा रहेको जानकारी दिदैं क्याम्पसको वर्तमान अवस्था, समस्या र आगामी कार्ययोजना प्रस्तुत गर्नु भयो ।

पूर्व माननीय कृष्णराज श्रेष्ठ, निर्वतमान मेयर अमानसिं तामाङ, ५ नम्बर वडा अध्यक्ष शिव श्रेष्ठ, १३ नम्बर वडा अध्यक्ष रामप्रसाद गौतम, नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठ, ध्रुवलाल श्रेष्ठ लगायतका वक्ताहरुले चौतारा क्याम्पसले भोग्दै आएको समस्या समधानका लागि स्थानीय सरकार, शैक्षिक अभियन्ता, नागरिक समाज, अभिभावक लगायतको भूमिका महत्वपूर्ण रहने भन्दै यसतर्फ चासो दिन सबैलाई आग्रह गर्नुभयो  ।

प्रतिक्रिया दिनुहोस्