२०८१ मंसिर ९
                           

प्रदेश बिपद्कोषबाट विद्यालय र बस्ती जोगाउन समन्वय गरिरहेका छौँ :सांसद तामाङ

   सरस्वती मा .विको आकस्मिक बैठक
प्रदेश बिपद्कोषबाट विद्यालय र बस्ती जोगाउनको लागी आवश्यक समन्वय गरिरहेका छौँ :सांसद तामाङ

हेलम्बु , ८ भदौ – मेलम्ची खोलामा आएको बाढिको उच्च जोखिममा रहेको श्री सरस्वती माध्यमिक बिधालयलाई सुरक्षीत राख्न  विधालयले आकस्मिक बैठक राखेको छ।उक्त आकस्मिक बैठकमा प्रदेश सभा सदस्य कृष्ण कुमार तामाङले आफै अध्ययन गरेको विद्यालय बाढिका कारण अति जोखिम भएकाेमा दुख व्यक्त गर्नुभयाे ।

विद्यालयलाई जोगाउन सबै मिलि एकजुट हुनुकाे विकल्प नभएकाे उहाँकाे भनाई छ । सांसद तामाङले प्रदेश बिपद्कोषबाट विद्यालय र बस्ती जोगाउनको लागी तत्काल आवश्यक पर्ने रकम विनियोजन गर्नको लागि आफु निरन्तर प्रदेशको आर्थिक मामीला तथा योजना मन्त्री सँंग समन्वय गरिरहेको जानकारी गराउनुभयो ।

हेलम्बु(४ का वडा अध्यक्ष बुद्विमान तामाङ, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, सुरक्षाकर्मि, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी तथा स्थानियवासिहरुको उपस्थितिमा विद्यालयलाई तत्काल कसरी सुरक्षीत राख्न सकिन्छ भन्ने विषयमा छलफल भएको सांसद तामाङका स्वकिय सचिव विशाल राउतले जानकारी दिनुभयो ।

बैठकमा बागमती प्रदेश सभा सदस्य कृष्ण कुमार तामाङ समीर , हेलम्बु गाउँपालिकाका उपाध्यक्ष ,हेलम्बु(४ का वडा अध्यक्ष ,बिध्यालय व्यवस्थापन समितिको टिम,सुरक्षा कर्मि,राजनीतिक दलका स्थानिय स्तरका नेता ,स्थानिय समाजसेवी र स्थानियबासिहरु बीच उक्त बैठकमा छलफल भएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्