२०८१ भाद्र २३
                           

सरस्वती माविको एउटा भवन मेलम्ची खोलाकाे बाढीले बगायाे

हेलम्बु ८ भदौ -लगातारको अविरल बर्षाका कारण सिन्धुपालचोकको हेलम्बु ,मेलम्ची क्षेत्रमा बाढिले क्षतिगरेको छ ।
निरन्तरको वर्षा पछि मेलम्ची खोलामा आएको बाढीका कारण हेलम्बु ४ ग्याल्थुममा रहेको सरस्वती माध्यामिक बिद्यालयकाे एउटा भवन बगाएको छ। बिद्यालयको तल्लो भागमा बिहानै बाढीले कटान गरि विद्यालयको शौचालय खोलामा परिणत गरेको थियोे ।

बाढिले अहिले पनि कटान गर्ने क्रम जारी रहेकोले बिद्यालय पुरै उच्च जोखिममा छ । साथै ग्याल्थुम बजार जोखिममा रहेको खबर प्राप्त भएको छ ।हाल सिन्धुपाल्चोक सहित देशैभर वर्षा भईरहेकाले  नदी तटीय क्षेत्रका समुदायलाई सजग र सुरक्षित हुन प्रशासन कार्यालयले अनुरोध गरेको छ ।
तस्बिर- सामाजिक संजाल

प्रतिक्रिया दिनुहोस्