२०८१ भाद्र २३
                           

तेक्वान्दो ग्रेडिङमा सनिला र विजय उत्कृष्ट घोषित

सिन्धुपाल्चोक ,९भदौ
हिराहरी तेक्वान्दो डोजाङ्गमा प्रशिक्षणरत तेक्वान्दो खेलाडीहरुको जुनियर ग्रेडिङ Belt Promotion Test सम्पन्न भएको छ । ग्रेडिङमा पुरुषतर्फ बिजय श्रेष्ठ र महिलातर्फ सलिना चुहान उत्कृष्ट खेलाडी हुन सफल भएका छन। उत्कृष्ट खेलाडीहरुलाइ हिराहरी तेक्वान्दो डोजाङ्गका संस्थापक तथा डोजाङ प्रमुख रमेश गुरुङले ट्रफि, मेडल र प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

चौतारा साँगाचोकगढी नगरपालिका वडा न. ५ का वडा अध्यक्ष शिव श्रेष्ठ प्रमुख अतिथि, वडा सदस्य, तथा पुर्ब फुटबल खेलाडी रामबहादुर घले , जिल्ला फुटबल संघ सिन्धुपाल्चोक तथा चौतारा नगर खेलकुद विकास समितिका अध्यक्ष अमृतमान श्रेष्ठ अतिथि र अभिभावकहरुको बाक्लो उपस्तिथिमा कार्यक्रम सम्पन्न भएको हाे। अतिथिहरुलाइ प्रमुख गुरुङले मायाको चिनो पनि प्रदान गर्नुभएकाे थियो ।

कार्यक्रम सन्चालन गर्ने क्रममा डोजाङ प्रमुख गुरुङले ब्यस्तताको बाबुजुत पनि उपस्थिति प्रमुख अतिथी, अतिथी, अभिभावक खेलकुदप्रेमी सम्पुर्णमा धन्यवाद व्यक्त गर्नुभयाे ।
ग्रेडिङमा सेतोपेटीतर्फ नयन भुजेल, बिन्दा श्रेष्ठ, बिराज तामाङ , आरेश नेपाली, सन्तोष तामाङ, सुर्बी श्रेष्ठ ,सन्देश तामाङ, कुशल दंगाल, खत्री , इश्वर तामाङ , स्नेहा तामाङ , जनम थापा, बिजय श्रेष्ठ , रोज तामाङ , रूस्मा मगर, शुशान्त कसजु, राब्या श्रेष्ठ, पहेलो पेटीतर्फ राज श्रेष्ठ , दीपक तामाङ , बिनय हिमालयन , पहेँलो हरियो पेटीतर्फ आर्जु श्रेष्ठ, सदिना खत्री ,सुशान्त श्रेष्ठ हरियो पेटीतर्फ सलिना चुहान डबल प्रमोसन र अन्य सहभागीहरु उतिर्ण भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्