२०८१ भाद्र २३
                           

सिन्घुपाल्चोकमा क्रिकेटको क्रेज बढ्दो

सिन्धुपाल्चोक- संसारभरि क्रिकेटको क्रेज बढिरहेको बेला सिन्धुपाल्पाल्चोक जिल्ला पनि यसको क्रेजबाट अछुतो हुने कुरै भएन । हालै गठन भएको जिल्ला क्रिकेट संघले जिल्लामा पनि क्रिकेटको क्षेत्रमा गतिविधि बढाउनका लागि एक पालिका दुई खेलाडी प्रशिक्षण अभियान नै थालेको छ । अभियान अन्तर्गत संघको पहलमा पाँचपोखरी थाङपाल गाउँपालिकाले युवा ब्याटिङ अलराउन्डर सार्थक धिताल र पासाङ दोर्जे तामाङलाई भारतमा अभ्यास गर्न पठाइ सकेको छ ।

इन्द्रावती गाउँपालिकाले एकनाथ नेपाललाई भारतमा क्रिकेट प्रशिक्षण गराउने भएको छ । अलराउन्डर नेपाललाई भारतमा एक महिना विशेष प्रशिक्षणका लागि पठाउन लागिएको हो । शनिवार एक कार्यक्रमबीच पालिकाले नेपालको बिदाइ गरेको जनाएको छ ।

नेपालले काल्का क्रिकेट एकेडेमीमा पुनित मेहरासँग नेपालले प्रशिक्षण लिनुहुनेछ । इन्द्रावती गाउँपालिकासँग दुई खेलाडीका लागि सम्झौता भए पनि एक खेलाडी व्यक्तिगत कारणले दसैँलगत्तै जाने बताइएको छ । जिल्ला क्रिकेट सङ्घका अध्यक्ष विजय धितालले बाँकी एक खेलाडी जिल्ला स्तरीय खेलेको इन्द्रावतीकै पठाउने जानकारी दिनुभयो ।जिल्लामा क्रिकेटका लागि मैदानलगायत संरचनाको भने अभाव छ ।बिसौनी

प्रतिक्रिया दिनुहोस्