२०८१ भाद्र २३
                           

चाैतारामा भाेलि गाईजात्रा अर्थात सापारु पर्व मनाईदै

नेवार समुदायभित्रको विशेष पर्व गाईजात्रा अर्थात सापारु भदौ १४ गते नै मनाउने भएको छ।नेवार समुदायभित्र कतै सापारु पर्व मनाउने सवालमा अन्यौलता छाइरहेको बेलामा सिन्धुपाल्चोक जिल्लाका सदरमुकाम चौतारामा भने १४ गते नै सापारु मनाइने भएको हो ।

कुनै पनि दुईवटा चाड एकै दिनमा मनाउने संस्कार नेवार समुदायमा नरहे पनि यसपटकको क्वाँति पून्ही र गाईजात्रा नेपाली पात्रो अनुसार एकैदिन परेको हुना भदौ १४ गते नै दुईवटा चाड एकै दिन मनाउने निर्णय भएको सिन्धु नेवा खलका उपाध्यक्ष कमल चरण कक्षपतिले जानकारी दिनुभयो ।

चौतारामा सापारु अर्थात गाईजात्राको तयारी अन्तिम चरणमा पुगेको उपाध्यक्ष कक्षपतिको भनाइछ ।
विशेषगरी चौताराको पूरानो बजारम मेला लाग्ने यो जात्रामा घिन्ताङघिसी नाच विशेष आकर्षण बन्नेछ । झण्डै २०० बालबालिकाहरु प्रशिक्षित भइसकेको खलले जनाएको छ ।
यो सँगै जात्रामा धिमेबाजा, लाखे नाच र विभिन्न हास्यव्यंग्यात्मक झाँकीहरु प्रदर्शन हुनेछ भने विगत ४५ बर्षदेखि चल्दै आएको व्यंग्यात्मक भित्ते पत्रीका प्रकाशन पनि हुनेछ ।
यसपछि लगत्तैसापारु पर्व भक्तपुर, ललितपुर लगायत उपत्यका बाहिरका जिल्लाहरुमा १४ र काठमाण्डौं मात्र १५ गते मनाइने बताइएको छ । आउने कृष्णाजन्माष्टमीको लागि पनि तयारी थालिएको बताइएको छ ।

साथै भूइचालोले ढालेको ११५ बर्ष पूरानो कृष्ण मन्दिरको पूनर्निर्माण सपन्न भएकोले भदौ २० गते नवनिर्मित मन्दिरको उद्घाटन विहान हुन्छ र भाेलिपल्ट साँझमा भजनकृतन, धिमे बाजासहित कृष्णको रथारोहण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्