२०८१ भाद्र २३
                           

भोलिदेखि तातोपानी नाकाबाट सिन्धुपाल्चोकका मानिस चीन जान पाउने

१४ भदौ, चौतारा । सिन्धुपाल्चोकको लिपिङस्थित नेपाल -चीनबिचको ऐतिहासिक व्यापारिक तातोपानी नाकाबाट शुक्रबादेखि दोहोरो मानव आवतजावत हुने भएको छ ।
२०७२ सालको महाभुकम्प र कोभिड -१९ को चपेटाका कारण लामो समयसम्म बन्द रहेको नाका दुइतर्फी खुलेको तीन महिना पछि मानव आवतजावत हुन लागेको हो । पाँच दिन अघि तातोपानी नाकाबाट मानव आवतजावत गर्ने सहमती कार्यान्वयन गर्न सिन्धुपाल्चोक क्षेत्र नं १ का संघीय सांसद एवं माओवादी केन्द्रीय सदस्य माधव सापकोटा ‘सुबोध’को नेतृत्वमा काठमाडौंमा सर्बपक्षीय छलफल भएको थियो । चिनियाँ पक्षबाट सेप्टेम्बरमा नाकाहुँदै मानव आवतजावतको संकेत पाएपछि तातोपानी क्षेत्रलाई व्यवस्थित गर्ने, सो क्षेत्रको भग्नावशेस हटाउन संघीय सरकारलाई आग्रह गर्ने, लिपिङ क्षेत्रको बजार पुनर्स्थापित गर्ने विषयमा छलफल भएको थियो । गत शुक्रबार सांसद सापकोटा नेृत्वको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, लाई बालुवाटारमा, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र परराष्ट्र मन्त्री एन पि साउदलाई  सिंहदरबारस्थित मन्त्रालयमा पुगेर छुट्टाछुट्टै भेट गरी तातोपानी नाका व्यवस्थित गर्ने विषयमा ध्यानाकर्षणपत्र बुझाएको थियो ।
मङ्गलबार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच भएको बैठकले नाकामा स्थानीय सर्वसाधारण आवतजावत गर्न पाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिए । “नेपालतर्फबाट गरिने सम्पूर्ण तयारी गरेका छौँ, ”, उनले नेपालका तर्फबाट अध्यागमन विभागले चीन जाने पास जारी गरेको जानकारी दिए । नेपालका तर्फबाट कुनै औपचारिक कार्यक्रम भने राखिएको छैन ।
विसं २०७२ को भूकम्पयता तातोपानी नाका बन्द हुँदै आएकोमा गत मे १ अर्थात बैशाख १८ देखि मालवाहक सवारीको आवतजावत खुलेको थियो । न्यौपानेका हाल अनुसार सिन्धुपाल्चोकका स्थानीयले आवतजावतका लागि एक वर्ष अवधि रहेको पास पाउनेछन् । खासामा पनि बजार नरहेकोले हाल नेपालबाट पुल पारि पुगेर सामान किन्न सकिने अवस्था मात्र हुने छ ।पालुवा

प्रतिक्रिया दिनुहोस्