२०८१ भाद्र २३
                           

 ‘पूर्व विद्यार्थी समाज जुगल बहुमुखी क्याम्पस’गठन

अशोक पराजुली/साँगाचाेक- जुगल बहुमुखी क्याम्पस साँगाचाेकमा अध्ययन गरेका पूर्व विद्याथीहरुको भेलाले‘पूर्व विद्यार्थी समाज जुगल बहुमुखी क्याम्पस’गठन गरेको छ ।भेलाले जुगल बहुमुखी क्याम्पस साँगाचाेकको शैक्षिक उन्नयन र श्रीवृद्धिका लागि सहयोग पुर्याउँदै रचनात्मक क्रियाकलाप गर्ने उद्येश्यका साथ हरिबहादुर श्रेष्ठको अध्यक्षतामा ‘पूर्व विद्यार्थी समाज जुगल बहुमुखी क्याम्पस’ गठन गरेको हो ।
  नव गठित समितिको उपाध्यक्षमा शान्ति गिरी,सचीव कृष्ण अधिकारी,सह-सचीव निराजन तिमिल्सिना,कोषाध्यक्ष अस्मिता परियार र सदस्यहरूमा निर्मला तिमिल्सिना,सुन्दर गिरी,देवीमाया श्रेष्ठ,प्रकाश गिरी,रसिला नेपाल र जितराज गिरी रहेका छन् । नव गठित समाजले जुगल बहुमुखी क्याम्पस साँगाचाेकमा अध्ययन गरेका सबै पूर्व विद्याथीहरुलाई सहभागिता गराएर जुगल बहुमुखी क्याम्पसलाई रचनात्मक तथा सृजनात्मक सहयोग गर्दै क्याम्पसको भौतिक विकास तथा विद्यार्थीहरुको शैक्षिक स्तरन्नोतिसहित अक्षयकोष स्थापना गरिने बताएको छ ।
 त्यस्तै समाजले जुगल बहुमुखी क्याम्पस साँगाचोकमा अध्ययन गरेका पूर्व विद्यार्थीहरु सरकारी निकायमा कार्यरत राष्ट्रसेवक कर्मचारी, निजी क्षेत्र संघ–संस्था, व्यवसाय वा कम्पनी सञ्चालक र कार्यरत कर्मचारी, जनप्रतिनिधि, क्याम्पसको स्थापनादेखि हालसम्म अध्यापन गर्ने कार्यरत शिक्षक, कर्मचारीहरुको सम्पूर्ण विवरणहरु सहितको स्मारिका समेत प्रकाशन गरिने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्