२०८१ भाद्र २३
                           

टोलटोलमा पुगे जुगलको माओबादी, स्थानीय गारेटो बाटो सरसफाई गर्दै ३ महिने अभियान शुभारम्भ

निर्मल बस्नेत
ढाँडे (२०८० भाद्र १६) नेकपा (माओबादी केन्द्र) जुगल गाउँपालिकाको पार्टी कार्यकर्ता टोलटोलमा पुगेका छन् । गाउँपालिकाको ६ वटा वडामा पुगेर स्थानीय गारेटो बाटो मर्मत र बजार क्षेत्र सरसफाई गर्दै ३ महिने अभियानको शुभारम्भ गरेका छन् ।
पार्टी केन्द्रले निर्धारण गरेको जनतासंग माओबादी बिशेष रुपान्तरण अभियान नाम दिएर ३ महिने अभियान अन्तरगतको पहिलो दिनमा पालिकाको प्रत्येक वडाको मूख्य गोरेटो बाटोहरुको सरसफाई र मर्मत गरेका हुन् ।


माओबादीले देशैभर एकसाथ अभियान सञ्चालन गरेको छ । पार्टीकेन्द्रको सर्कुलर अनुसार सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा भने गाउँगाउँमा सडक निर्माण पछि ओझेलमा परेको गारेटो बाटो मर्मत र सरसफईलाई प्राथमिकता दिएको छ ।
दैनिक जनजीवनसंग सम्वन्धित कामहरु गरेर जनबिस्वास संगाल्ने पक्षमा माओबदी अघि बढेको देखिन्छ ।
यसरी अभियानको सूरुवाती दिनमा गाउँपालिकाको वडा नम्बर १ सेलाङको मुखियाटोल, हाँडीकुवा हुदै मानेडाँडा सम्मको गोरेटो बाटो मर्मत र सरसफई गरेको छ । उक्त कार्य पार्टी बागती प्रदेश समिति सदस्य उजार सिं तामाङ (समर) को नेतृत्वमा भएको हो । सो कार्यमा जिल्ला सदस्य रुपेन्द्र आचार्य, जंग तामाङ, पालिका समिति उपाध्यक्ष चिनलाल श्रेष्ठ लगाएतका नेताहरु र स्थानीय वडा पार्टीका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

अभियानको उद्घाटन गर्दै नेता समरले स्थानीय समस्यालाई पहिल्याउदै बस्तुबादी र बैज्ञानीक योजना सहित लागिपरेकोले स्थानीय सर्वसाधरणहरुलाई समेत अभियानमा साथ दिन अपिल गरे ।
त्यस्तै २ नम्बर वडको तार्केदेखी गोल्चेबगर वडा कार्यालय हँदै खुँदर्कासम्मा जाने बाटो र बगरपुलदेखी इरुङसम्मको सिंडी निर्र्माण, सरसफाई र मर्मत कार्य सम्पन्न गरेको छ । जसको नेतृत्व पार्टी बागमती प्रदेश समिति सदस्य रेशम स्याङ्बोले गरेका थिए । र, पालिका समिति उपाध्यक्ष पशुपति सिलवाल, सचिब इन्द्र बहादुर सिलवाल, पूर्व वडाध्यक्ष प्रताप लामा, वाईसियल जुगल अध्यक्ष फूलकाजी स्याङ्बो (वानपिस) लगाएत स्थानीयहरुको सहभागिता रहेको पालिका समिति सचिव इन्द्रबहादुर सिलवालले जानकारी दिए ।


वडा नम्बर ३ साविक गुम्बा गाविसको याम्बुलिङ हुदै गुम्बागाउँ जाने गोडेटो बाटो मर्मत तथा सरसफई गरेको छ । उक्त कार्यको नेतृत्व पार्टी जिल्ला सदस्य मिलन लामाले गरेको थिए । उनको नेतृत्वमा पालिका सहसचिव गंगालाल तामाङ, निर्वाचन क्षेत्र प्रदेश सभा सदस्य आकाश लामा र स्थानीय पार्टी समितिको सहभागिता रहेको गंगालाल तामाङ तामाङले बताएका छन् ।
४ नम्बर वडामा भने पार्टी केन्द्रिय सदस्य एवं एवं ३ महिने अभियान जुगल गाउँपालिकाको मूख्य नेता प्रकाश श्रेष्ठको नेतृत्वमा कोटलडाँडा देखी आम्राङसम्मको गारेटो बाटो सरसफाई कार्य गरेको छ । सो कार्यमा जिल्ला समिति सदस्य चन्द्र श्रेष्ठ, रञ्जिीत आचार्य र स्थानीय पार्टी नेता कार्यकर्ताहरुको सहभागिता रहेको युवा नेता रञ्जिीत आचार्यले जानकारी दिए ।

५ नम्बर वडाको ढाँडे बजार क्षेत्र सरसफई गरेको छ । जुन कार्यको नेतृत्व पनि नेता रेशम स्याङ्बोले नै गरेका थिए । सरसफाई कार्यमा नेता कार्यकर्ताहरुको सहभागितामा रहेको थियोे । नेता स्याङ्बोले पार्टी केन्द्रले ल्याएको कार्यक्रमलाई प्रभावकारी ढंगले सम्पन्न गर्न मातहतका पार्टीसमितिलाई आग्रह गरेका छन् ।

६ नम्बर वडामा गाउँपालिका समिति अध्यक्ष इश्वर गुभाजुको नेतृत्वमा पार्टी गाउँपालिका अनुशासन बिभागका संयोजक मोहन श्रेष्ठ सहित नेता कार्यकर्ता र स्थानीयले घिप्चे बस्तीको सिरानटोलदेखी पुच्छरटोलसम्मको गारेटो बाटो मर्मत र सरसफाई गरेको छ ।

मओबादीले १० बर्षे जनयुद्धको बखत झै झल्को दिनेगरि गरेको जनमूखी कार्यले स्थानीय नागरिकहरु खुसी भएका छन् । यसरी बर्षदको समयमा असजिलो भएको बाटोहरु सरसफईले स्थानीय बिद्यालयमा पढ्ने ससाना वालवालिका, बृद्धबृद्धा, अपाङ्था भएका व्यक्तिहरुका लागि आवतजावतकको लागि सहज भएको छ ।

पालिका समिति अध्यक्ष युवा नेता गभाजुका अनुसार पहिलो चरणमा टालटोलमा मात्र पुगेका छौँ । र, आगामी ३ महिने अभियानको अवधिमा घरघर सम्म पुग्ने बताएका छन् ।
वडा नम्बर ७ याङ्लाकोटमा भने पार्टी नेतृत्व कृष्ण तामाङको बुबा बुधे तामाङको मृत्यु भई शोक परेकोले उक्त अभियान उद्टनको औपचारिक कार्यक्रमबाट बाट छुटेको छ ।
उनिहरुले दिएको जानकारी अनुसार ३ महिने अभियानमा बिभिन्न रचनात्क कामहरु गर्दै जनतासंग जोडिएएर पार्टी सदस्यता नबिकरण ÷वितरण साथै स्थानीय पार्र्टीको सेलदेखी माथिल्लो समितिसम्म गठन र पुर्नगठन सम्मको कार्यहरु गर्ने कार्यक्रम रहको छ ।

प्रतिक्रिया दिनुहोस्