२०८१ भाद्र २३
                           

पाँचकिलोमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गयो, चार जना घाइते

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ मा पर्ने पाँचकिलोमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । जीपमा रहेका चार जना घाइते भएका छन् । दोलखाबाट सिन्धुपाल्चोकको खाडीचौरका लागि छुटेको बा १५ च ९३७० नम्बरको जीप लामोसाँघु जिरीखण्डको पाँचकिलोमा दुर्घटना भएको हो ।

घाइते भएका मध्ये २ जनाको खाडिचौर स्थित सिन्धु सदाबाहार अस्पतालमा उपचारको क्रममा मृत्यु भएको र अन्य ४ जना घाइते लाई थप उपचारको लागी धुलिखेल अस्पतालमा रिफर गरिएका लामोसाँघु प्रहरी चौकीले जानकारी दिएको छ ।

मृत्यू हुनेमा गाडी चालक काठमाण्डौ नागगर्जुनका उत्तम महर्जन रहेको र अर्का एक जनाको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ । घाइतहुनेहरुमा रामेछाप उमाकुण्ड गाउँपालिका २ बस्ने ३७ वर्षीय संगिता बराईली र उनकी छोरी ८ वर्षीय युशा बराईली, रामेछाप गोकुलगंगा गाउँपालिका १ बस्ने ५५ वर्षीय डोल्मा शेर्पा र काठमाण्डौ नागर्जुन गाउँपालिका ७ बस्ने १४ वर्षीय प्रमोद महर्जन रहेको प्रहरीले जनाएको छ ।

आइतबार बिहान अन्दाजी साँढे ३ बजे गाडी आफै अनियन्त्रित भई सडकको घुम्तीबाट करिव ३०० मिटर तल खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्