२०८१ भाद्र २३
                           

चौ.सा.गढी नगरपालिकाले गर्यो जवर्जस्ती करणी अपराधमा पीडित संरक्षण र समुदायको दायित्व अन्तक्र्रिया

चौतारा साागाचोकगढी नगरपालिकाले मानव बेचबिखन विरुद्धको १७ औँ राष्ट्रिय दिवसको सन्दर्भमा अन्तक्र्रिया कार्यक्रम गरेको छ । आईतबार नगरपालिकाको सभाहलमा ग्राम नेपालको सहजिकरणमा जवर्जस्ती करणी अपराधमा पीडित संरक्षण र समुदायको दायित्व तथा भूमिका विषयक अन्तक्र्रिया गरेको हो । जिल्लाका सरोकारवाला सहितको कार्यक्रममा मानव बेचबिखनको वदलिदो स्वरुप र नियन्त्रणका प्रयासका विषयमा छलफल केन्द्रीत रहेको थियो ।

कार्यक्रममा मानव बेचबिखन, यसको वर्तमान अवस्था, बेचबिखनका कारण, बैदेशिक रोजगार, स्थानान्तरण, मानव तस्करीमा सिन्धुपाल्चोकको अवस्थाको वारेमा अधिकारकर्मी तथा मेलम्ची नगरपालिकाको पूर्व उपप्रमुख भगवती नेपालले कार्यपत्र प्रस्तुत गर्नुभयो ।कार्यक्रममा देहब्यापमरको रुपमा सुरु भएको बेचबिखन हाल बैदेशिक रोजगारीमा हुने ठगी र मानव तस्करीको अवस्थामा आईपुगेको सरोकारवालाहरुले औँल्याएका छन् ।

मावन बेचबिखन बैदेशिक रोजगारी, प्रलोभन, मावन तस्करी लाई रोकथामका कार्यक्रम स्थानीय सरकार र सहयोगी तथा साझेदारी रुपमा भैरहेको चौतारा साँगाचोकगढी नगरपालिकाको उपप्रमुख सीता थापाले बताउनुभयो । ‘बेचबिखनलाई रोकथाम, बेचबिखनमा परेकाको उद्धार, पुनस्थापना र पुनर्मिलनको काममा सरोकारवाला लाग्नुपर्छ’,– उपप्रमुख थापाले भन्नुभयो, ‘बलियो कानुन निर्माण, विभेदको अन्त्य, सुरक्षित बैदेशिक रोजगारी, गरिबीको न्यूनिकरण र चेतनामा अभिवृद्धिले बेचबिखनका समस्यास्यालाई न्यूनिकरण गर्न सकिन्छ ।’

कार्यक्रममा सहभागीहरुले स्थानीय सरकारले जनचेतना अभिवृद्धि, उद्धार तथा पुनस्थापना र पुनर्मिलनका कार्य गर्न सुझाव दिएका छन् ।कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठ, जिल्ला प्रहरी प्रमुख वालनरसिंह राणालगायत सरोकारवालाहरुले बेचबिखनको अवस्था र न्यूनिकरणका सवालमा धाराणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस्