२०८१ भाद्र २३
                           

भदौँ २० गते कृष्ण मन्दिरको उद्घाटन हुने

चौतारा ,१९ भदौँ
यही भदौँ २० गते चौताराको कृष्ण मन्दिरको बुधबार विहान ११ ३० बजे निर्वतमान सभामुख अग्नी प्रसाद सापकोटाद्धारा उद्घाटन हुने कार्यक्रम तय भएको छ । उक्त मन्दिर श्रीकृष्ण जन्माष्टमीको दिन उद्घाटन गर्न लागीएको हो ।

१९६४ सालमा निर्माण भएको कृष्ण मन्दिर २०७२ सालको भूकम्पले ध्वस्त बनाएको चौतारा पुरानो बजार स्थीत एक सय पन्ध्र वर्ष पुरानो ऐतिहासिक एवम पुरातत्व महत्व बोकेको कृष्ण मन्दिर बनेपछि स्थानीय खुशी भएका छन् ।

२०७९ फागुन १२ गते निर्वतमान सभामुख सापकोटाले नै शिलान्यास गर्नुभएको थियो । भूकम्प गएको झण्डै सात वर्षपछि मन्दिर पुननिर्माण भएको थियो।

प्रतिक्रिया दिनुहोस्