२०८१ भाद्र २३
                           

मानव बेचबिखन विरुद्धको १७ औँ राष्ट्रिय दिवसको अवसरमा प्रशासनले गर्यो कार्यक्रम

सिन्धुपाल्चोक ,२० भदौ
मानव बेचबिखन विरुद्धको १७ औँ राष्ट्रिय दिवसको अवसरमा सामाजिक न्याय र आर्थिक सशक्तीकरण ः मानव बेचबिखनको निर्मूलन भन्ने नाराकासाथ आज जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोकले अन्तरक्रिया कार्यक्रम गरेकोे छ ।

सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम भएको हो । श्रेष्ठले मानव बेचविखन न्यूनिकरणको लागि समुदायस्तर बाटनै नागरिकले आ—आफ्नो स्थानबाट पहल गर्नुपर्ने बताउनुभयो ।जिल्लाका सरोकारवाला सहितको कार्यक्रममा मानव बेचबिखनको बदलिदो स्वरुप र नियन्त्रण र प्रयासका विषयमा छलफल केन्द्रीत रहेको थियो ।

कार्यक्रममा जिल्ला प्रहरी प्रमुख बालनरसिंह राणाले सिन्धुपाल्चोकमा पछिल्लो तिन वर्ष यता मानब बेचविखनको घट्ना सुन्य रहेको जानकारी दिनुभयो । प्रहरीको तथ्यांकमा मानब बेचविखनको कुनैपनि उजुरी , घट्ना वा मुद्धा समेत नरहेको बताउनुभयो । मानब बेचविखन हुनेमा नेपालको पहिलो नम्बरमा रहेको सिन्धुपाल्चोक जिल्लामा तीन वर्षयताको तथ्यांकमा शुन्यमा झरेको छ ।

कार्यक्रममा देहब्यापमरको रुपमा सुरु भएको बेचबिखन हाल बैदेशिक रोजगारीमा हुने ठगी र मानव तस्करीको अवस्थामा आईपुगेको सरोकारवालाहरुले औँल्याएका छन् । सहभागीहरुले स्थानीय सरकारले जनचेतना अभिवृद्धि, उद्धार तथा पुनस्थापना र पुनर्मिलनका कार्य गर्न सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्