२०८१ भाद्र २३
                           

“स्वास्थ्य खबर हेल्थ अवार्ड २०८०” बाट त्रिपुरासुन्दरी गाउँपालिका सम्मानित

चौतारा,२३ भदौ
सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका “स्वास्थ्य खबर हेल्थ अवार्ड २०८०“ बाट सम्मानित भएको छ । स्वास्थ सेवा केन्द्र बिस्तार गर्ने र प्रजनन तथा मातृ  स्वास्थमा उल्लेख्य सुधारको नेतृत्व गरेकोमा त्रिपुरासुन्दरी गाउँपालिका  अध्यक्ष भक्तध्वज बोहरालाई स्वास्थ खबर हेल्थ अवार्ड २०८० ले सम्मान गरेको हो ।

नेपालको ७ सय ५३ स्थानीय तहहरुको स्वास्थ्य क्षेत्रमा सम्पादित कामका सूचकहरुको विभिन्न तहहरुमा भएको तुलनात्मक विश्लेषण, समिक्षा एवं स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीबाट प्राप्त एकीकृत प्रतिवेदनको आधारमा त्रिपुरासुन्दरी गाउँपालिकाको कार्यसम्पादन उत्कृष्ट रहेकोले प्रधानमन्त्री पुष्पकमल दाहालले  गाउँपालिका अध्यक्ष बोहरालाई सम्मान गर्नुभएको गाउँपालिका प्रवक्ता रमेश बोहराले बताउँनुभयो ।

स्वास्थ बिमा कार्यक्रम अन्तर्गत पालिकाका सबै नागरिकलाई बिमितकाे लागि 60%र पालिकाले 40% सहयोग गर्दै आईरहेकाे छ ।जसमा एक घर परिवारलाई ३५ सय लाग्थ्यो। बिमितले २१ सय र बाकि १४ सय पालिकाले व्यहोर्ने गरेकाे प्रबक्ता बाेहराकाे भनाइ छ । यसले पालिका भित्रका नागरिकहरुलाई राहत भएको छ ।साे स्वास्थ बिमा कार्यक्रमले समेत पालिकालाई सम्मानित हुन सहयाेग गरेकाे छ ।

देशभरीकै पालिकाहरु मध्येबाट सम्मानका लागी आफु र आफ्नो पालिका  छनोटमा परी सम्मानीत हुन पाउँदा खुसी लागेको र अवार्डका लागी आयोजक संस्थाप्रती हार्दिक आभार व्यत गर्नुभयो ।

साथै आफुलाई उत्कृष्ट काम गर्न उत्प्रेरित गर्ने गाउँपालिका स्वास्थ्य क्षेत्रमा दिनरात खट्ने स्वास्थकर्मी ,गाउँपालिका र वडा कार्यालयमा कार्यरत कर्मचारीहरु तथा जनप्रतिनिधि सबैलाई अध्यक्ष बोहराले धन्यवाद दिनुभएको छ ।

qqq1694268471.jpg

प्रतिक्रिया दिनुहोस्