२०८१ भाद्र २३
                           

संस्कृतिलाई विकृति नबनाऔँ : मेयर सापकोटा

चौतारा ।  हरितालिका तीजको अवसर पारेर नगर महिला संजाल चौतारा साँगाचोकगढीले दोहोरी गीत तथा दर खाने कार्यक्रमको आयोजना गरेको छ ।शहिद प्रतिष्ठान, चौतारामा आइतबार भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सापकोटाले महिलाहरुको महान तथा सांस्कृतिक पर्व तीज पछिल्लो चरण विकृत हुँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो ।

यसलाई अनावश्यकरूपमा तडकभडक नगरि सुसंस्कृति र सुललित ढंगले मनाउन उहाँले आग्रह गर्नुभयो ।नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठले तीजलाई धर्म र संस्कृतिसँगै महिला सशक्तीकरण र सवलीकरणका लागि रचनात्मक दंगबाट मनाउन आग्रह गर्नुभयो ।

चौतारा साँगाचोकगढी ५ नम्बर वडा अध्यक्ष शिव श्रेष्ठले एकमहिना अघिदेखि तीज मनाउने बढ्दो संस्कारले भोलिका दिनहरुमा तीज हुनेखाने बर्गको पर्व मात्र हुनेतर्फ सचेत गराए ।संजालकी अध्यक्ष जानुका पराजुली अध्यक्षतामा र सचिब तारा रानाले संचालित कार्यक्रममा मिना थापा, शान्ति थिङ लगायतले नृत्य प्रस्तुत गरेका गर्नुभएको थियो भने कमला बिक,पार्वती तामाङ, गुणकेशरी श्रेष्ठ लगायले गीत तथा दोहोरी गीत प्रस्तुत गर्नुभएको थियो ।कार्यक्रमको मेयर कृष्णप्रसाद सापकोटाले उद्घाटन गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्