२०८१ मंसिर ७
                           

शिक्षासँगै सीप सिकाउँदै गान्जीको साँग्रिला स्कूल

जीवन श्रेष्ठ –   सानासाना वर्षका बालबालिकाहरु कोही माटो मुछन् व्यस्त देखिन्छ । कोही ढुंगामा कलात्मक आकृति खोप्न् त कोही कोही विभिन्न भाँडाहरुमा रंग पोत्न मस्त देखिन्छ । सिचुवान प्रान्तको दोअचेङ ( म्यबअजभलन ) काउन्टी, गाज्जीस्थित  सांग्रीला बिलिङुअल किन्डरगारटेन  स्कूलका बालबालिकाहरुको यो दृष्यले धरैलाई लाग्न सक्छ बालबालिकाहरु खेल्नमा मस्त छन् तर यर्थाथ भने त्यसो होइन ।


सानै उमेरदेखि जीवनउपयोगि सीपलाई प्रवद्र्धन गर्दै व्यवहारिक शिक्षा प्रदान गर्ने उदेश्य मुताविक विद्यालयले बालबालिकालाई सीपमूलक शिक्षा प्रदान गर्दै आएको छ । औपचारिक शिक्षासँगै सीपमूलक शिक्षा पनि प्रदान गरेसँगै यो स्कूल दावचेङ जिल्लाकै नमूना विद्यालयको रुपमा स्थापित भएको छ ।

सिचुआन प्रान्तको दक्षिणपूर्वीय तिब्बती किनारमा अवस्थित गान्जीको यो विद्यालय वरिपरिको दृष्य मनोमोहक त छ नै । त्यो भन्दा पनि बढी मनोमोहक त यो विद्यालयको शान्त, सफा अनि प्रभावकारी शिक्षण पद्धती बनेको छ । एकातिर बालबालिकाहरु जीवन उपयोगी व्यवहारिक सीपमूलक शिक्षामा तल्लीन देखिन्छ भने अर्कोतिर औपचारिक शिक्षा हासिल गर्न मस्त देखिन्छ ।

शिक्षक शिक्षिकाहरु घोकन्ते विद्यालाई भन्दा पनि विद्यार्थी गतिविधि केन्द्रीत शिक्षा दिन समर्पित देखिन्छ । उनीहरु खेलको माध्यमबाट विद्यार्थीहरुलाई शिक्षा प्रदान गर्न बढी केन्द्रीत देखिन्छ ।झण्डै ९ हजार ६ सय २९ बर्गमिटरमा फैलिएको यो विद्यालय परिसरमा विद्यालय भवनले मात्र ४ हजार ८ सय ३ वर्गमिटर ओगटेको छ । विद्यालयकी अध्यक्ष छेरियोङछुका अनुसार कक्षा ४ ग्रेड सहित ६ वटा  कक्षामा पढाई हुँदै आएको छ भने १सय ४६ विद्यार्थीले अध्ययन गर्दै आएका छन् ।

विद्यालयमा कम्प्युटर कक्षा, कला कक्षा, स्वास्थ्य तथा खेलकूद कक्षा, पुस्तकालय लगायतका विभिन्न कक्षाहरुको व्यवस्थापन गरिएको छ ।तिब्बती बालबालिकाहरुले मात्र अध्ययन गदै आएको यो विद्यालयमा तिब्वती र चिनियाँ भाषाबाट पढाई हुने गर्छ ।

चीन सरकारले तीब्बतमा न भाषिक हस्तक्षेप गरेको छ , न त साँस्कृतिक नै । बरु साटोमा विकास निर्माण, शिक्षा, स्वास्थ्यसँगै भाषा र संस्कृति संरक्षणका लागि पनि मनग्गे लगानी गर्दै आएको देखिन्छ । चीन सरकारले शिक्षामा गरेको लगानीको एउटा ज्वलन्त उदाहरण पनि हो यो विद्यालय । विद्यालयको संपूर्ण संरचना निर्माणका लागि चीन सरकारले ९ मिलियन  आरएमवी लगानी गरेको विद्यालयले जनाएको छ ।


घुम्नका लागि दोअचेङ ( म्यबअजभलन ) काउन्टीमा धेरै प्राकृतिक, सांस्कृति र धार्मिक सुन्दरताहरु छन् । तर दोअचेङ ( म्यबअजभलन ) काउन्टी घुमिरहँदा गान्जिको यो विद्यालय छुटाउनु भनेको त्यो घुमाईको अर्थ नै व्यर्थ हुनेछ ।

प्रतिक्रिया दिनुहोस्