२०८१ भाद्र २३
                           

नेकपा एमाले बागमती प्रदेश कमिटीको अधिवेशनमा बाह्रविसे र सुनकोशीमा भने मतदान हुने

नेकपा एमाले वागमती प्रदेश कमिटीको असोज ८ र ९ गते हुने प्रथम अधिवेशनमा सिन्धुपाल्चोकका १२ स्थानीय तह मध्ये १० पालिकामा सर्वसम्मत प्रतिनिधि छनोट भएपनि बाह्रविसे र सुनकोशीमा भने मतदान हुने भएको छ ।सुनकोशी गाउँपालिका र बाह्रविसे नगर कमिटीमा प्रतिनिधि जाने बिच सहमती नभएपछि आज मतदान हुन लागेको हो ।

आज बिहान हुने मतदानमा सुनकोशी गाउँपालिकामा पुरुष तर्फ तिन जना चाहिनेमा छ जनाले उमेदवारी दिएका छन् । तिन प्रतिनिधिका लागि सुनकोशी गाउँपालिकाका अध्यक्ष समेत रहेका टपिन्द्रप्रसाद तिमिल्सिना,श्रीहरी खनाल,सोमराज लामा,पुरुषोतम प्याकुरेल र सुरज लामाले उमेदवारी दिएका छन् ।

त्यस्तै एक महिलाका लागि देवि अधिकारी र शोभा कार्कीले उमेदवारी दिएको निर्वाचन अधिकृत कृष्ण सुवेदीले जानकारी दिए । आज बिहान १० बजेदेखि एमाले गाउँपालिकाको कार्यालय सुनकोशी–७ को १ किलोमा रहेको कार्यालयमा निर्वाचन हुने छ ।

त्यस्तै बाह्रविसे नगरपालिकामा पनि अहिले बिहान १० बजेदेखि मतदान हुदै छ । बाह्रविसेमा खुला पुरुष तर्फ तिन जना चाहिनेमा चार जनाले उमेदवारी दर्ता गराएका छन् । बाह्रविसे नगरपालिकाका निर्वतमान मेयर निमफुञ्जो शेर्पा,युद्धबिक्रम तामाङ, दामोदर ढकाल र हरिप्रसाद पौडेल निर्वाचनको मैदानमा छन् । महिला तर्फ भने सुशिला पाख्रिन निर्वीरोध निर्वाचीत भएकी छन् ।

प्रतिक्रिया दिनुहोस्