२०८१ भाद्र २३
                           

सुकुटेमा आयाे विद्युतीय सवारी साधनहरुका लागि विद्युतीय चार्जिङ स्टेशन

सिन्धुपाल्चोकको सुकुटेमा विद्युतीय सवारी साधनहरुका लागि विद्युतीय चार्जिङ स्टेशन सञ्चालनमा आएको छ ।

सुकुटेका होटल व्यावसायी रामचन्द्र खडकाले सिन्धुपाल्चोकमा नै पहिलो पटक विद्युतीय सवारी साधानहरुका लागि विद्युतीय चार्जिङ स्टेशन सञ्चालनमा ल्याउनुभएकाे हाे।

एक घण्टा भित्र फुल चार्ज हुने र प्राधिकरणले तोकीएको विद्युत शुल्क अनुसार नै चार्ज गरेबापत शुल्क लिने गरिएको खडकाले बताउनुभयाे ।

सुकुटे पेट्रोल पम्प अगाडि रहेको सुकुटे रिभर भ्यु नेपाली भान्सा घर नजिकै विद्युती चार्जिङ स्टेशन राखिएको छ पछिल्लो समय विद्युतीय भाडाका सवारी साधानहरु सञ्चालन बढेपछि खड्काले आफ्नै लगानीमा चार्जिङ स्टेशन स्थापना गर्नुभएकाे हाे।

त्यस्तै सदरमुकाम चौताराबाट हाल भडाका ८ वटा विद्युतीय सवारी साधानहरु सञ्चारलनमा छन् । सुकुटेमा सञ्चालित विद्युतीय चार्जिङ स्टेशन यी गाडीका लागि पनि पायक पर्ने बताइन्छ ।

जिल्लामा नै पहिलो पटक चार्जिङ स्टेशन सञ्चालनमा आएपछि सिन्धुपाल्चोक हुदै दोलखासम्म जाने भाडा तथा निजी सवारी सञ्चालकहरु खुसी भएका छन् ।( तस्वीर : पत्रकार दिनेश थापा )

प्रतिक्रिया दिनुहोस्