२०८१ भाद्र २३
                           

संविधान दिवसको अवसरमा संविधानको उपलब्धीबारे परिसम्वाद

चौतारा ,३ असोज
संविधान दिवसको अवसरमा प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सिन्धुपाल्चोक र अनेरास्ववियू (क्रान्तिकारी) जिल्ला समिति सिन्धुपाल्चोकले संविधानको उपलब्धीबारे परिसम्वाद गरेको छ ।बुधबार शहीद प्रतिष्ठानमा चौतारा सागाँचोकगढी नगरपालिका मेयर कृष्ण प्रसाद सापकोटाको प्रमुख आतिथ्यता तथा प्रतिनिसभा सदस्य माधब सापकोटा सुबोधको विशेष आतिथ्यतामा  उक्त कार्यक्रम आयोजना गरिएको हो ।


सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य तथा नगरपालिका मेयर कृष्णप्रसाद सापकोटाले नेपालको संविधानमा उल्लेख भएको संघीय लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशिता धेरै महत्वपूर्ण पक्ष रहेको बताउनु भएको छ । नेपाल जस्तो जातीय, क्षेत्रीय विविधतायुक्त मुलुकमा संघीयता अनिवार्य रहेको भन्दै संघीयताले दिएको अवसरलाई ग्रहण गर्न नसकिएको उहाँको भनाई छ ।उहाले भन्नुभयो, ‘जनचाहनालाई अग्रगामी रुपान्तरण गर्नु नै आजको अभिभारा हो । नेकपा (माओवादी केन्द्र) ले बलदिँदो परिस्थिति अनुकुल पार्टीको विचारको विकास गर्नुपर्छ । ’

परिसम्वाद् कार्यक्रममा संघीय सांसद् एवम् नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य माधव सापकोटाले संविधानमा भएका आधारभूत अपरिवर्तनीय विषयवाहेक संसोधन गरेर लैजान सकिने बताउन’भयो । मौलिक हकका हिसावले, समानुपातिक समावेशीताको हिसाबले र जनताप्रति उत्तरदायी रहेको कोणबाट हेर्दा विश्वका उत्कृष्ठ संविधानमध्ये नेपालको संविधान पनि लिईन्छ अबको कार्यभार भनेको संविधानको जगमा टेकेर आर्थिक, सामाजिक र सांस्कृतिक परिवर्तन गर्नु हो उहाँले भन्नुभयो । विधानबिरुद्धको भ्रमहरु चिर्ने र संविधानमा भएको त्रुटी, कमजोरीहरुलाई सच्याउन रचनात्मक प्रयत्न गर्नुनै अहिलेको कार्यभार हुने बताउन’भयो ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का बागमती प्रदेश सचिवालय सदस्य गणेश विकले संविधानसभाबाट संविधान बनाउने कुरा ऐतिहासिक महत्वको विषय रहेको बताउँदै जनता नै सार्वभौमसत्ता सम्पन्न बन्ने कुरा लोकतन्त्रको आधारभूत पक्ष रहेको बताउनुभयो भने प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समितिका सिन्धुपाल्चोकका अध्यक्ष सुन्दर शिरीषले संविधानले प्रदान गरेको व्यवस्थालाई बुझ्न नसक्दा नागरिकले त्यसको उपयोग गर्न नसकेको बताउनुभयो ।

अनेरास्ववियू (क्रान्तिकारी) जिल्ला सचिव सुवास गौतमले सहजिकरण गर्नुभएको थियो भने जिल्ला अध्यक्ष क्षितिज तामाङले कार्यक्रम गर्नुको मूल ध्येयबारे प्रष्ट्याउनु भएको थियो । कार्यक्रममा नागरिक समाज, बुद्धिजीवि, सञ्चारकर्मी, शिक्षक, विद्यार्थी, विभिन्न संघ संगठनका प्रमुख, प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्