म्हसिका पुच चैताराले चथा पर्वको अवसरमा प्रसाद वितरण कार्यक्रमको आयोजना गरेको छ ।नेवारी संस्कृति अनुसार हरेक भदौ चतुर्थीको बेलुकी मनाउँदै आएको चथा: पर्व लोपोन्मुख भएको भन्दै संरक्षण गर्ने उदेश्यले चथा: पर्वको प्रसाद वितरण कार्यक्रम आयोजना गरेको हो ।
बुधबार साँझ कृष्ण मन्दिर परिसर चौतारामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठले चथा पर्वसँग जोडिएको धार्मिक महत्वको चर्चा गर्दै लोपोन्मुख संस्कृति संरक्षणका लागि म्हसिका पुचले गर्दै आएको पहल प्रसंशनीय रहेको बताउनुभयो ।
समाजसेवी हरिगोपाल श्रेष्ठले चथ: पर्वको महिमा, कथा र शुरुआत बारे चर्चा गर्नुभयो । अध्यक्ष सीता श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन सचिब निर्मला श्रेष्ठले गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्