२०८१ भाद्र २३
                           

हिराहरि तेक्वान्दोको सिनियर ग्रेडिङ सम्पन्न 

हिराहरि तेक्वान्दो डोजाङ, चौतारामा सिनियर तेक्वान्दो खेलाडीहरुको ग्रेडिङ सम्पन्न भएको छ ।

नेपाल तेक्वान्दो संघको वार्षिक कार्यक्रम अनुसार हिराहरी तेक्वान्दो डोजाङले रातो कालो पेटि र प्रथम डान कालो पेटी र दोस्रो डान कालोको ग्रेडिङ गरेको छ । रातो पेटीबाट रातो कालो पेटीमा रमेश श्रेष्ठ, शिभान्शु श्रेष्ठ, लाक्पा तामाङ ,साजन घले ,अमिशा तामाङ, आयुशी श्रेष्ठ उतिर्ण भएको छ भने रातो कालो पेतिबाट प्रथम डान कालो पेटीमा सदिक्छ्या घले, कुशल ढुङ्गाना र राफिका ढुंगेल र दोस्रो डान कालो पेटीमा आयान श्रेष्ठ उतिर्ण हुन सफल भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि चौतारा साँगाचोकगढी नगरपालिका ५ का अध्यक्ष शिव श्रेष्ठ र अतिथिमा वडा न. ५ कै पुर्ब खेलाडी, सदस्य तथा समाजसेवी श्री रामबहादुर घले थियो । ग्रेडिङ हिराहरी तेक्वान्दो डोजाङ्गका संस्थापक तथा डोजाङ प्रमुख रमेश गुरुङले लिएको थियो ।

हिराहरि तेक्वान्दो डोजाङ्गलाई सदैव साथ सहयोग गर्न सदै तत्पर रहने प्रतिबद्धता ५ न. का अध्यक्ष तथा प्रमुख अतिथि श्रेष्ठले गर्नुभयो । तेस्तै सदस्य तथा कार्यक्रमका अतिथि घलेले प्रशिक्षार्थीहरुलाई आफ्नो खेलकुद जिबनको बारे सुनाउदै शुभकामना दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्