२०८१ भाद्र २३
                           

लामाको अध्यक्षतामा जिल्ला टेबलटेनिस संघ गठन

चौतारा/ सिन्धुपाल्चोक जिल्लामा नै पहिलोपटक टेबुल टेनिस संघ गठन भएको छ ।

टेबुल टेनिस खेलको विकास र विस्तारसँगै जिल्ला, राष्ट्रिय र अन्तराष्ट्रियस्तरको खेलाडी उत्पादन गर्ने हेतुले जिल्ला सदरमुकाम चौतारामा आज भएको भेलाले मिलन लामाको अध्यक्षतामा ७ सदस्यीय जिल्ला टेबुल टेनिस संघ सिन्धुपाल्चोक गठन भएको हो ।

होटल अरनिकोमा भएको भेलाले उपाध्यक्षमा प्रविण खड्का चयन हुनु भएको छ । सचिब र कोषाध्यक्षमा क्रमश : कमल श्रेष्ठ र दीपेन्द्र घले चयन भएको संघले जनाएको छ ।

सदस्यहरुमा भने विकास काफ्ले, जिगिषा श्रेष्ठ र पुकार उप्रेती चयन हुनुभएको छ ।

संघको आज बसेको बैठकले जिल्लास्तरिय सिंगल, डवल र भेट्रान टेबुल टेनिस प्रतियोगिताको आयोजना गर्ने निर्णय गरिएको अध्यक्ष लामाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्