२०८१ भाद्र २३
                           

सागरको अध्यक्षतामा सम्पर्क समन्वय समिति गठन

चौतारा/ नेकपा माओवादी केन्द्र सिन्धुपाल्चोक-काठमाडौं सम्पर्क समन्वय समिति अन्तर्गत चौतारा साँगाचोकगढी नगर- काठमाडौं सम्पर्क समन्वय समिति वडा नम्बर ११ को अध्यक्षमा सागर पराजुली चयन भएका छन् । शनिबार काठमाडौंको चाबहिलमा सम्पन्न चौतारा साँगाचोकगढी नगर- काठमाडौं सम्पर्क समन्वय समिति वडा नम्बर ११,१३ र १४ नम्बर वडाको संयुक्त भेलाले पराजुलीको अध्यक्षतामा १५ सदस्यीय सम्पर्क समन्वय समिति गठन गरेको हो ।सम्पर्क समन्वय समितिको उपाध्यक्षमा प्रदीप गिरी,सचिवमा रमेश तामाङ र कोषाध्यक्षमा प्रजिता पराजुली चयन भएका छन् ।सहसचिवमा दिनेश गिरी र सदस्यहरुमा भिम गिरी,राजिव माझी, गोविन्द गिरी, नवीन गिरी,दिल बहादुर बि.क. रहेको र ६ सदस्य पछि थप गर्नेगरी हाललाई रिक्त राखिएको नगर सम्पर्क समन्वय समितिका सदस्य एवं वडा इन्चार्ज रेशम राज गिरीले बताए । संयुक्त भेला नेकपा माओवादी केन्द्रका पुलिटब्युरो सदस्य एवम् बागमती प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री युवराज दुलालले उद्घघाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्