२०८१ भाद्र २३
                           

चाडपर्व नजिकिएसंगै स्थानीय तहहरुले दिन थाले बजार अनुगमनलाई तिब्रता

सिन्धुपाल्चोकक । चाडपर्व नजिकिएसंगै अखाद्य बस्तुको बिक्रि वितरण हुने जनगुनासो बढ्न थालेपछि सिन्धुपाल्चोकका स्थानीय तहहरुले बजार अनुगमन लाई तिब्रता दिन थालेका छन् ।जसमा चौतारा नगरपालिका ,हेलम्बु, इन्द्रावती, मेलम्ची, बाह्बिसे लगायतका स्थानीय तहहरुले चाडपर्व लक्षित बजार अनुगमन गरिरहेका छन् ।

बुधबार पाँचपोखरी थाङपाल गाउँपालिकाले व्यापारीहरुले दैनिक आयात गर्ने सामाग्रिहरुको पालिकाको प्रवेशद्धारमा नियमित चेकजाँच गर्ने व्यवस्था गरेको छ । नागरीकको स्वास्थ्य संग प्रत्यक्ष सरोकार रहेकोले पनि जिल्लाका जनप्रतिनिधि कर्मचारीहरु अखाद्य बस्तु नियन्त्रण गर्न सक्रिय भएका हुन ।

अखाद्य बस्तुहरुले मानिसको स्वास्थ्यलाई प्रत्यक्ष प्रभाव गर्ने भएकाले त्यस्ता सामाग्रिहरुको आयातलाइ निरुत्साहित गर्ने र आगामि दिनमा नियमित चेकजाँचलाई थप कडाई गर्ने योजना रहेको पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासि लामाले बताउनुभयो ।गतबर्ष पाँचपोखरीले पालिका स्तरीय बजार अनुगमन गर्दा होटल तथा पसलहरुबाट मिति गुज्रिएका करिब सात लाख बराबरको अखाद्य बस्तु एकैसाथ नष्ट गरेको थियो । पालिका प्रवेशमै मिति गुज्रिएका अखाद्य बस्तु जफत गर्न थालेपछि ८१ प्रतिशत खाद्य स्वस्च्छता कायम गर्न सफल भएको पालिकाले जनाएको छ ।

यस्तै नगरको विभिन्न वडामा अनुगमन गरिरहेको मेलम्ची नगरपालिकाले बुधवार मेलम्ची बजारको अनुगमन गरेको छ ।अनुगमनका क्रममा नगरप्रमुख आइतमान तामाङले नागरीकको स्वास्थ्य संग खेलवाड नगर्न बिक्रेताहरुलाई आग्रह गर्नुभयो ।पटक पटकको अनुगमनले बजारमा सुधार भएको पाईएको छ ।

प्रतिक्रिया दिनुहोस्