२०८१ भाद्र २३
                           

जुगल गाउँपालिकाले सुचारु गर्यो आफ्नै भवनबाट पालिकाको प्रशासनिक काम

१८ असोज, सिन्धुपाल्चोक – जुगल गाउँपालिकाले आफ्नै भवनबाट पालिकाको प्रशासनिक काम सुचारु गरेको छ । लामो समयदेखि घर भाडामा लिएर कार्यालयको काम गर्दै आएको जुगलले असोज १ देखि नयाँ भवनबाट गाउँपालिकाको काम थालेको पालिका अध्यक्ष रेशम स्याङ्बोले बताए।

नयाँ भवनमा प्रशासनिक काम सुरु गरिएपनि पूर्णरुपमा भने भवन तयार हुन बाँकी छ । गाउँपालिकाका अध्यक्ष स्याङ्बोका अनुसार नयाँ भवनबाट काम सुरु गरेपछि पालिका भित्रका सबै वडालाई पायक पर्ने  छ ।

सिन्धुपाल्चोकमा रहेका १२ स्थानीय तहमध्ये चौतारासाँगाचोकगढी नगरपालिका, बाह्रविसे र मेलम्ची नगरपालिकाले आफ्नै भवनबाट सेवा दिइरहेका छन् । यस्तै इन्द्रावती गाउँपालिका, भोटेकोशी र लिसंखुपाखर गाउँपालिकाले यसअघि देखि नै आफ्नै भवनबाट सेवा प्रवाह गरिरहेका छन् । बलेफीले भने वडा नं ५ को भवनबाट सेवा दिइहेको छ । बलेफीको नयाँ भवन केही महिना भित्र तयार हुने गाउँपालिकाले जनाएको छ । यस्तै लिसंखुले पनि फराकिलो गरि बनाइएको नयाँ भवन अन्तिम चरणमा पुगेको जनाएको छ । जिल्ला समन्वय समिति चौताराका अनुसार सुनकोशी, हेलम्बु, त्रिपुरासुन्दरी गाउँपालिकाले नयाँ भवनबाट कार्य सम्पादन गर्न पाएका छैनन् ।

फोटो : फुलकाजी स्याङबो

प्रतिक्रिया दिनुहोस्