२०८१ मंसिर ७
                           

सामूहिक भोज खाएर बिरामी भएका १९ मध्ये एकजनाको मृत्यु

सिन्धुपाल्चोक –  सिन्धुपाल्चोकमा सामूहिक भोज खाएर बिरामी परेका १९ जनामध्ये एक बालकको मृत्यु भएको छ ।

हेलम्बु गाउँपालिका ग्याल्थुम ४ का पाँच वर्षीय अभिषेक तामाङको काठमाडौँमा उपचारका क्रममा आज (बिहीबार) मृत्यु भएको प्रहरीले जनाएको छ ।

हेलम्बु गाउँपालिका ४ मा ट्यांकी निर्माण सम्पन्न भएको खुसीमा भोज खाएका ग्याल्थुम गाउँका बासिन्दा बिरामी परेका हुन् । बिरामीमा ज्वरो आउने, पखाला लाग्ने, टाउको दुख्ने, बान्ता हुनेलगायत समस्या देखिएको हेलम्बु आधारभूत सेवा केन्द्रले जनाएको छ ।

बिरामीमा फुड पोइजन भएको अनुमान गरिएको छ । स्वास्थ्य चौकीबाट औषधि उपचार गरे पनि ठीक नभएका नौजनाको धुलिखेल अस्पतालमा थप उपचार भइरहेको छ ।कान्तिपुर टिभिबाट साभार

प्रतिक्रिया दिनुहोस्