२०८१ भाद्र २३
                           

अखिल क्रान्तिकारी बलेफीको अध्यक्षमा बालकृष्ण कार्की

अनेरास्ववियु (क्रान्तिकारी) बलेफी गाउँपालिकाको चौथो सम्मेलनले बालकृष्ण कार्कीको नेतृत्वमा नयाँ पालिका समिति चयन गरेको छ । शनिबार खाडिचौरमामा संघीय सांसद माधव सापकोटा सुबोधको प्रमुख आतिथ्यता र अखिल क्रान्तिकारीका केन्द्रीय सचिव प्रशुन कार्कीको विशेष अातिथ्यतामा सम्पन्न भएको सम्मेलनले युवा विद्यार्थी कार्कीको अध्यक्षतामा २९ सदस्यीय पालिका समिति निर्वाचित गरेको हो । नयाँ समितिको उपाध्यक्षमा उपाध्यक्षमा छिरिङ तामाङ र सम्झना नेपाल, सचिवमा सहदेव विश्वकर्मा चयन भएका छन् । यस्तै सहसचिवमा समीर कर्माचार्य र रामकृष्ण विश्वकर्मा तथा कोषाध्यक्षमा सीमा न्यौपाने चयन भएका छन् ।

सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथि सांसद सापकोटाले आफू पनि विद्यार्थी राजनीतिबाट हुर्केको स्मरण गर्दै राजनीतिक चेतनाका लागि विद्यार्थी जीवन उपयुक्त समय भएको बताएका थिए ।संगठन सुदृढीकरण तथा विस्तार अभियान सञ्चालन गरिरहेको अखिल (क्रान्तिकारि) सिन्धुपाल्चोकले बलेफी गाउपालिकामा संगठनको १२ वटा इकाई समिति गठन/पुनर्गठन गरि सदस्यता वितरण गरेको थियो ।

सम्मेलनमा प्रतिनिधि सभाका सांसद माधव सापकोटा सुबोध , संगठनका केन्द्रीय सचिव प्रशुन कार्की , नेकपा माअोवादी केन्द्रीय वागमती प्रदेश सचिवालय सदस्य गणेश विक , बलेफी गाउँपालिका प्रमुख गंगा बहादुर तामाङ (प्रवेश) लगायत विद्यार्थी केन्द्रीय , जिल्ला तथा पालिका स्तरका नेताहरु , पार्टी नेतृत्व र संगठनका पालिका भरका इकाईहरुबाट प्रतिनिधि प्रतिनिधिको उल्लेख्य उपस्थिति रहेको पालिका अभियानका इन्चार्ज सुवास गौतमले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्