२०८१ मंसिर ७
                           

तारामुमोको अध्यक्षमा अक्कल, तामाङ भाषामै खाए सपथ

निर्मल बस्नेत –चौतारा(२१ असोज २०८०) नेकपा (माओबादी केन्द्र) को जातीय मोर्चा संगठन तामाङ राष्ट्रिय मुक्ति मोर्चा चौतारा साँगाचोकगढी नगरपालिकाको अध्यक्षमा अक्कल लामा चयन भएका छन् । लामाको नेतृत्वमा ४९ सदस्यीय नगर समिति निर्वाचित भएका छन् । निर्वाचित समितिले आफ्नो मात्रृभाषा तामाङमा नै पद तथा गोपनीयताको सपथ खाएका छन् ।

आईतबार चौतारामा सम्पन्न मोर्चाको प्रथम नगर सम्मेलनले लामाको नेतृत्वमा निर्वाचित समितिमा उपाध्यक्ष सानु तामाङ, हिरामान तामाङ र होम बहादुर तामाङ,सचिव अनिल तामाङ, सहसचिव कमान सिं तामाङ र आईते तामाङ, कोषध्यक्ष मिता तामाङ निर्वातित भएको निर्वाचन मंडलका संयोजक एवं केन्द्रिय सुरक्षा बिभागका सदस्य चिन बहादुर तामाङ  ‘मुक्ति’ ले जानकारी गराएका छन् ।

उनको संयोजकत्वमा ३ सदस्यीय समितिमा   बागमती प्रदेश सदस्य एवं चौतारा नगर समितिका इन्चार्ज उजार सि.तामाङ र पाटी बागमती प्रदेश सदस्य एवं मोर्चाको जिल्ला अध्यक्ष रेशम स्याङ्बो रहेका थिए ।त्यस्तै सदस्यहरु शंखर तामाङ,सरिता तामाङ, अमृत लामा,हर्क बहादुर तामाङ,जीवन तामाङ,नीर बहादुर तामाङ,सञ्जय लामा,जयराम तामाङ,बिक्रम तामाङ ,मिन बहादुर तामाङ,कुईसाङ लामा, धावा तामाङ, मिना तामाङ,राजु लामा, काजु तामाङ, रोमन तामाङ, लाल बहादुर तामाङ, शेर बहादुर तामाङ, संगीता तामाङ, चतुर तामाङ, पूर्ण बहादुर तामाङ, असली तामाङ, श्याम बहादुर तामाङ, सािर तामाङ, राम बहादुर तामाङ, अनु तामाङ, नीर बहादुर तामाङ,बाबुकाजी तामाङ, बिनोद तामाङ, सुनिता तामाङ, कमला तामाङ, कृष्ण तामाङ, इन्द्र तामाङ, होम बहादुर तामाङ, रचना तामाङ, दल बहादुर तामाङ, रेनुका तामाङ, सम्पूर्ण तामाङ, जयकुमार तामाङ, राम बहाखुर तामाङ, राम बहादुर तामाङ र मेख बहादुर तामाङ निर्वाचित भएका छन् ।

सर्वसहमतीले निर्वाचित उनिहरुलाई जुगल गाउँपालिका अध्यक्ष एवं मार्चाको जिल्ला अध्यक्ष रेशम स्याङ्बोले तामाङ भाषाबाटै पद तथा गोपनीयताको सपथ खुवाएका हुन् । निर्वाचित मार्चाको नगर समितिलाई कार्यक्रमका प्रमुख अतिथी पार्टी पोलिटब्यूरो सदस्य कृष्णप्रसाद सापकोटा, केन्द्रिय सदस्य गंगा पराजुली र शंकर लामाले प्रमाण पत्रको साथमा अबिर लगाई सम्मान गरेका थिए ।

कार्यक्रममा नेकपा (माओबादी केन्द्र) का बागमती प्रदेश र जिल्ला तहका नेताहरुको साथमा नगरको १४ वटै वडाबाट सहभागि प्रतिनीधिहरुको उपस्थितीमा सम्मेलन सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्