२०८१ भाद्र २३
                           

इजरायलमा मृत्यु भएका विद्यार्थीप्रति जुगल वोर्डिङको श्रद्धाञ्जली

हमासको आक्रमणमा परि इजरायलमा मृत्यु भएका नेपाली विद्यार्थीहरुको सम्झना र सम्मानमा चौतारास्थित जुगल वोर्डिङ हाई स्कूलले श्रद्धाञ्जली सभाको आयोजना गरेको छ ।
मंगलबार साँझ मृत आत्मको चीर शान्तिको कामनासहित दीप प्रज्वलन गर्दै स्कूलले श्रद्धाञ्जली सभाको आयोजना गरेको हो ।

 

जनप्रतिनिधि, सञ्चारकर्मी, शिक्षक र विद्यार्थीहरुको उपस्थितिमा भएको कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिका वडा न ५ का वडा सदस्य रामबहादुर घले, पत्रकार महासंघका अध्यक्ष जीवन श्रेष्ठ र प्रिन्सिपल ओमप्रकाश उप्रेतिले शोक मन्तव्य राख्नुभयो ।

सुदुरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान संकायबाट इजरायल सरकारको पढ्दै कमाउदै कार्यक्रम अन्तर्गत ४९ जना विद्यार्थी गत भदौमा इजरायल गएका थिए ।
असोज २० गते भएको प्यालेस्टाइनको आतङ्कवादी समूह हमासको आक्रमणमा परि १० जना विद्यार्थीको मृत्यु भएको थियो ।

सरकारले पनि १० नेपाली विद्यार्थीको मृत्यु भएको दुखमा आज राष्ट्रिय शोक दिवास मनाएको छ । सरकारी कार्यालय र विदेशस्थित नेपाली दूतावास तथा कुटनीतिक नियोगमा राष्ट्रिय झण्डा आधा झुकाएर शोक दिवस मनाएको हो ।

प्रतिक्रिया दिनुहोस्