२०८१ भाद्र २३
                           

फट्टेमा राखियो अस्थायी पुल

मेलम्ची ११ स्थित फट्टेमा ह्युम पाइप राखेर यातायात सुचारु गरिएको छ । चाडवाड नजिकिएको र खोलाको सतह घटे संगै ३ दिन अघि देखि अस्थायी पुल निर्माण कार्य शुरु भएको थियो । गत १२ गते संचालनमा आएको उक्त अस्थायी पुल पुन १६ गते आएको बढीले क्षति पुर्याए पछि मर्मत गरी संचालनमा ल्याइएको हो । । २०७८ साल असार १ को बाढीले पक्कि पुल बगाए संगै हिउँदमा अस्थायी रुपमा खोलामा ह्युम पाइप राखेर सवारी आवागमनलाई सहज बनाउने गरिएकाे छ ।

बर्खा लागे संगै उक्त ह्युमपाइप झिकिए पश्चात् मेलम्ची नगरपालिकाको वडा नं. ७, ८, ११ हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिकाको नागरीकले सास्ती खेप्दै आएका थिए । अब अस्थायी पुल निर्माण संगै स्थानीयलाई चाडपर्वको लागि आबश्यक सामग्री ढुवानी गर्न तथा मानिसहरुलाई आवातजावत गर्न सहज हुने नगर प्रमुख आइतमान तामाङले बताउनुभयो । उक्त स्थानमा नगरपालिकाले पक्की पुल निर्माणकाे प्रक्रिया अघि बढाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्