२०८१ भाद्र २३
                           

ऐसेलुखर्क माबिमा शुभकामना आदान-प्रदान एवम् अभिनन्दन कार्यक्रम

इन्द्रावती गाउँपालिका वडा नम्बर ५ मा रहेको ऐसेलुखर्क माध्यमिक बिद्यालयले समावेशी चाडपर्व २०८० को अवसरमा शुभकामना आदान प्रदान एवम् बिद्यालयका पुर्व व्यस्थापाक, प्रशासक, शिक्षक र बिशेष क्षेत्रमा उत्कृष्ठता हासिल गरेका पूर्व विद्यार्थी तथा बिशेष सहयोगी व्यक्ति र सामाजिक संस्थाहरुको लागि अभिनन्दन गरेको छ ।

बाग्मति प्रदेशका भौतिक पूर्वाधार बिकाश मन्त्री युवराज दुलालको प्रमुख आतिथ्यता तथा बिद्यालयका ब्यवस्थापन समिती अध्यक्ष मिना थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी दुलालले ऐसेलुखर्क माबिमा पढेका धेरै विद्यार्थीहरु सरकारको विभिन्न ओहोदाहरुमा रहेर देशको सेवा गरिरहेको बताउँदै यसमा बिद्यालयले गौरवको महसुस गरिरहेको बताउनुभयो ।

आफ्नो कर्म थलोको सेवा गर्न छोडेर बिदेश गएर कहिल्यै देशको बिकास नहुने भएकोले आफुले शिक्षा लिएका ठाउँको सेवा गर्नू पर्ने उहाँको भनाई थियो । विद्यार्थी भनेको देशको भबिस्य भएको बताउँदै उहाँले विद्यार्थीलाइ आफ्नो लागि मात्र नभई देशकै हितमा काम गर्ने खालको बनाउनु पर्नेमा जोड दिनुभयो । त्यस्तै मन्त्री दुलालले बिद्यालयको घेराबारको लागि बजेट छुटयाउने प्रतिबद्धता पनि जनाउनुभयो ।

मन्त्री दुलालले काम गर्न कुनै पद नचाहिने बताउँदै पदमा नहुँदा पनि जनप्रतिनिधिको नाताले बिकास निर्माण र जनसेवाको लागि सधै तयार रहेको बताउनुभयो । साथै आफ्नो निर्वाचन क्षेत्रको सबै मुख्य २४ वटा सडक ५ बर्ष भित्र पिच गर्ने संकल्प गरेको उहाँको भनाई छ । त्यस्तै सबैले मिलेर काम गरे छिटो बिकास हुने बताउँदै राम्रो काम गर्नेको खुट्टा तान्ने प्रबृत्तिले गर्दा बिकास हुन बाधा पर्ने बताउनुभयो ।

कार्यक्रममा बिशेष अतिथी इन्द्रावती गाउँपालिका उपाध्यक्ष शोभना तामाङ नेपाल ,सरकारका सह सचीव तथा पुर्व सिडियो नरेन्द्र राज पौडेल र नेपाल सरकारका पुर्व सह सचीव राधा कृष्ण प्रधान, बिभिन्न बिद्यालयका शिक्षक तथा बिद्यार्थीहरु, शिक्षापे्रमी, समाजसेवी, अभिभावक लगायत बिद्यार्थीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

साथै कल्पना दाहाल, स्मृति गौतम, सुर्यमणी आचार्य, हरी थापा लगायतका कलाकारहरुले मनोरञ्जन प्रदान गर्नुका साथै विद्यार्थीहरुले पनि विभिन्न प्रस्तुति दिएका थिए । त्यस्तै रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारती लगायत ऐसेलुखर्क माबिमा पढेर विभिन्न ओहोदामा रहेका पूर्व विद्यार्थीहरुलाइ सम्मान पनि गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्