२०८१ भाद्र २३
                           

आदर्श आ. विद्यालयको वार्षिक अभिभावक भेला तथा पुरस्कार कार्यक्रम सम्पन्न

सिन्धुपाल्चोक २६ असाेज

जुगल गाउँपालिका वडा नं ४ स्थित रहेको श्री आदर्श आधारभूत विद्यालय को वार्षिक अभिभावक भेला तथा पुरस्कार कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रम वि व्य स अध्यक्ष दिनेश तामाङको अध्यक्षतामा बागमती प्रदेश सभा सदस्य एवम् नेकपा (माओवादि केन्द्र) बागमती प्रदेशका अध्यक्ष माननिय सरल सहयात्री पौडेलको प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो ।

विद्यार्थी र विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि प्रदेश सरकार र आफू प्रतिबद्ध रहेको बताउँदै माननीय सरल सहयात्री पौडेललेले बालबालिकाको शैक्षिक विकासको लागि अभिभावक, समुदाय र सम्बन्धित सम्पूर्ण पक्षले विशेष भुमिका खेल्नुपर्ने बताए । उनले शिक्षक मात्रैको प्रयासले शैक्षिक अवस्था सुधार गर्न नसकिने बताउदै यसका लागि अभिभावक, बिद्यालय व्यवस्थापन समिति पनि जागरुक भएर लाग्नुपर्ने बताए ।

उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्रका बागमती प्रदेश सदस्य पदम बहादुर श्रेष्ठ , जुगल ४ का वडा अध्यक्ष प्रेम तामाङ,चिमलाल श्रेष्ठ शिक्षक अभिभावक विद्यार्थी लगायतको सहभागिता कार्यक्रम सम्पन्न भएको पत्रकार दुर्गा श्रेष्ठले बताए।

प्रतिक्रिया दिनुहोस्