२०८१ भाद्र २३
                           

जरायटार साना किसान कृषि सहकारीको चौथो वार्षिक साधारणसभा सम्पन्न

जरायटार साना किसान कृषि सहकारी संस्था लिमिटेड मेलम्ची ११ को चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । शुक्रवार मेलम्चीमा कार्यक्र उद्घाटन गर्नुहँुदै प्रमुख अतिथि बागमती प्रदेशका भौतिक पुर्वाधार बिकास मन्त्री युवराज दुलालले सहकारीले व्यवसायीक भन्दा पनि किसानको सारथिको रुपमा काम गर्नु पर्नेमा जोड दिनुभयो ।

त्यस्तै सुर्यमुखी साना किसान कृषि सहकारी संस्था लिमिटेड भोटेचौरका अध्यक्ष एबम् सहकारी अभियान्ता मित्रलाल चौलागाँईले संघ, प्रदेश र स्थानिय सरकारले सहकारीलाई खासै सहयोग नगरेको गुनासो गर्नुभयो । उहाँले जरायटार सहकारी गत बर्ष पुरस्कृत भएको स्मरण गर्दै यो बर्ष पनि किसान र सहकारीका सदस्यको हितमा काम गर्न आग्रह गर्नुभयो । कार्यक्रममा मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधान।

मेलम्ची ११ का अध्यक्ष चन्द्रबहादुर तामाङ, वडा सदस्यहरु , पुर्व अध्यक्ष रुद्रप्रसाद दुलाल , इन्द्रावती क्याम्पसका प्रमुख राधाकृष्ण श्रेष्ठ, समाजसेवी धर्म कृष्ण श्रेष्ठ ,कल्पना चालिसे लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सहकारीको प्रतिवेदन प्रेम श्रेष्ठले प्रस्तुत गर्नुभयो ।

कार्यक्रममा कलाकारहरु पदम दुलाल, आशा लामा , चन्द्रप्रसाद कोइराला , उज्वल तारा महिला समुहका कलाकारले जनचेतनामुलक प्रस्तुती पस्केका थिए । कार्यक्रम सहकारीका अध्यक्ष शिबप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न भएको व्यवस्थापक नन्दप्रसाद चालिसेले जानकारी दिनुभयो ।रडियाे मेलम्ची 

प्रतिक्रिया दिनुहोस्