२०८१ भाद्र २३
                           

चाडपर्व आफ्नो गक्ष अनुसार मात्रै मनाउन मन्त्री दुलालको आग्रह

नेकपा माओवादी केन्द्रका नेता एबम बागमती प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री युवराज दुलालले सबै धर्मले मान्ने चाड मान्ने र संरक्षण गर्ने संगै कुरितिहरुलाइ हटाउनु पर्नेमा जोड दिनुभएको छ ।

आज नेकपा माओवादी केन्द्र मेलम्ची ११ द्वारा मेलम्चीमा आयोजित विजय दशमी तथा दिपावलीको अवसरमा शुभकामना – आदानप्रदान तथा चियापान कार्यक्रमका प्रमुख अतिथी दुलालले चाड पर्व आफ्नो क्षमता अनुसार,धेरै खर्च नगरि खुशीका साथ मनाउन आग्रह गर्नुभयो ।

उहाँले माओवादी केन्द्रका नेता कार्यकर्तालाई जनाताका समस्या तथा गुनासा सुन्दै सक्ने सहयोग गर्न पनि आग्रह गर्नुभयो । उहाँले आफु २ पटक मन्त्री भएको तथा त्यस अनुसार विकास निमार्णको कामले पनि तिब्रता पाएको दावी गर्नुभयो ।

कार्यक्रममा केन्द्रिय सदस्य शंकर लामा, तथा प्रदेश, जिल्ला र स्थानिय नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । कार्यक्रम ११ न वडा कमिटि अध्यक्ष ज्ञानप्रसाद सापकोटा लक्ष्मणले सञ्चालन गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्