२०८१ भाद्र २३
                           

७ ए साइड नगर कप प्रतियोगिता शनिबारदेखि सुरु

चौतारा साँगाचोकगढी नगरपालिका– ७ मेलचौरमा

मेलचौर युवा जागरण समाजको आयोजनामा खुला ७ ए साइड नगर कप प्रतियोगिता शनिबारदेखि सुरु भएको हो । एक साता चल्ने प्रतियोगितामा अन्तरजिल्लासहित २७ टोलीले भाग लिएको आयोजकले जनाएका छन् । प्रतियोगिताको बिजेताले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाउने छ । नकआउटको आधारमा खेलाइने प्रतियोगिताको उपबिजेताले ६६ हजार ६ सय ६६ रुपैयाँ हात पार्ने छन्।

प्रतियोगिताको पहिलो दिन मेलचौर युवा जागरण समाज बि र शहीद स्मृति युवा क्लव बि बीच खेल भएको थियो । सो खेलमा मेलचौर युवा जागरण समाज बिले शहीद स्मृति युवा क्लव बिलाई ३–१ गोल अन्तरले पराजित गर्यो । मेलचौर युवा जागरण समाज बिका बिपिन गिरी म्यान अफ द म्याच घोषित भए ।

दोस्रो खेल धार्पा युवा क्लव र इन्द्रध्वज गणबीच भएको थियो । खेलमा इन्द्रध्वज गणले धार्पा युवा क्लवलाई ३–० गोल अन्तरले पराजित गर्यो । त्यस्तै फाइभ स्टार युवा क्लव र धोबिखोला युवा क्लवबीच भएको तेस्रो खेलमा फाइभ स्टारले धोबिखोलालाई ८–३ गोल अन्तरले पराजित गर्यो । सो खेलमा फाइभ स्टारका रोशन मगर म्यान अफ द म्याच घोषित भए ।

पहिलो दिनको अन्तिम खेल थुम्की डाँडा युवा क्लब र भिमेश्वरी समाजसेवा क्लबबीच भएको थियो । थुम्की डाँडा युवा क्लबसँग १–० गोल अन्तरले भिमेश्वरी समाजसेवा क्लब पराजीत बनेकाे  छ ।सो खेलमा थुम्की डाँडाका खेलाडी आकाश सापकोटा र म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिताको दोस्रो दिन ५ टोलीले खेल्ने जागरण समाजका सचिव सविन दंगालले जानकारी दिनुभयाे । बिहान ७ः३० बजे वडा नम्बर ८ र जल्किने युथ क्लब, बिहान ९ बजे वडा नम्बर छ र जिल्ला प्रहरी कार्यालय, दिउँसो १ बजे सुकुटे युवा जागरण र वडा नम्बर ४, दिउँसो २ः३० बजे चौतारा ५ युवा क्लव र सिंहमति युवा क्लव, दिउँसो ४ बजे शहीद स्मृति युवा क्लव ए र रोयल फ्यामेलीबीच प्रतिष्पर्धा हुने जनाईएको छ ।

कात्तिक ३ गतेसम्म चल्ने प्रतियोगिताको उद्घाटन चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाले गर्नु्भएकोथियाे ।

प्रतिक्रिया दिनुहोस्