२०८१ भाद्र २३
                           

मेलचाैर सामुदायिक स्वास्थ केन्द्रकाे आयोजनामा रक्तदान कार्यक्रम

चाैतारा ,२८ असाेज

मेलचाैरमा रक्तदान कार्यक्रम गरिएको  छ । अाईतबार  विजय दशमी तथा शुभ दिपावलिकाे अवसरमा मेलचाैर सामुदायिक स्वास्थ केन्द्रले आयोजना गरेकाे रक्तदान कार्यक्रम चाैतारा सागाचाेकगढि नगरपालिका उपप्रमुख  सीता थापाकाे प्रमुख आतिथ्यमा सम्पन्न भएको हाे।


साे रक्तदान कार्यक्रममा थापाले अाफुले  रक्तदान दिदै  कार्यक्रमकाे उद्घाटन गर्नुभएको थियाे ।उक्त कार्यक्रमबाट ५० जनाले रक्तदान गरेका छन् ।साेहि कार्यक्रममा बाेल्दै उपप्रमुख थापाले मानिसको जीवन बचाउने कार्यका लागि रगत अत्यावस्यक हुने भएकोले  रक्तदान कार्यक्रम  अायाेजना गर्नु जरुरी रहेकाे बताउनुभयाे।

रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान नगुमाउन नपरोस् भनेर रक्तदान कार्यक्रमकाे अायाेजना गरेको मेलचाैर सामुदायिक स्वास्थ केन्द्रका अध्यक्ष यज्ञप्रसाद दङ्गालले जानकारी दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस्