३० असोज /सम्झना कार्की
सिन्धुपाल्चोक –जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले उत्कृष्ट कार्यसम्पादन गर्ने २२ जना प्रहरीलाई पुरस्कृत गरेको छ ।मंगलबार “गर्वको साथ सेवा,सम्मानका साथ सुरक्षा” भन्ने नाराका साथ प्रहरीले “६८ औं प्रहरी दिवस २०८०” को अवसरमा एक कार्यक्रम आयोजना गरी अपराध नियन्त्रण तथा शान्तिसुरक्षा कायम गराउन महत्वपुर्ण भुमिका खलेको भन्दै २२ जनालाई पुरस्कृत गरिएको हो ।
पुरस्कृत हुनेहरुमा प्रहरी नायव उपरीक्षक निरञ्जन भट्राई, प्रहरी निरीक्षक कमल बिष्ट , प्रहरी निरीक्षक राजेन्द्र थापामगर , प्रहरी सहायक निरीक्षक धन बहादुर कार्की , प्रहरी सहायक निरीक्षक हरीशरण बस्नेत , प्रहरी सहायक निरीक्षक धन नारायण श्रेष्ठ , प्र.ब.ह.दुर्गा बहादुर योञ्जन, प्र.ह. भुपेन्द्र केसी , प्र.ह. बासुजंग रायमाझी , रमेश भारती , भिमसेन थापा , प्र.स.ह. बिनोद खड्का , नबराज भुर्तेल , प्रमोद तामाङ, रिम बहादुर घले , प्रहरी जवान गन्दिप ब.कार्की , दिनेश रोक्का,सुस्मिता सापकोटा ,अर्जुन कुमार वली,महेश कुमार दनुवार,रिता घिमिरे र प्र.का.स.भुपेन्द्र ब. कार्की रहेका छन् ।
दिवसकै अवसर पारेर जिल्लामा आयोजित ब्याडमिन्टन तथा टेबल टेनिस प्रतियोगितामा प्रथम र द्वितीय हुने खेलाडीलाई नगद तथा प्रमाणपत्र वितरण समेत गरिएको प्रहरी प्रमुख (एसपी) बाल नरसिंह राणाले बताउँनुभयो । साथै सहिद प्रहरी परिवार,पुर्व प्रहरीलाई नगद सहित सम्मान गरिएको एसपी राणाको भनाइ छ।
उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जिल्लाको शान्ति सुरक्षा कायम गर्न र अपराध नियन्त्रण गर्न प्रहरीले महत्वपूर्ण भूमीका निर्वाह गरिरहेको बताउनुभयो ।दशैमा नागारिकको आवाजजावात अत्धीक हुनेभएकाले यात्रुको यात्रा सुरक्षा र चोरी, डकैती जस्ता घटना हुन नदिन प्रहरीलाई सजग हुन समेत न्यौपानेले आग्रह गर्नुभयो ।
यस्तै उपप्रमुख सिता थापाले सिन्धुपाल्चोक प्रहरीले गरेको रचनात्मक कार्यको प्रशांस गर्नुभयो । सोही कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य राख्दै पत्रकार महासंघ अध्यक्ष जिवन श्रेष्ठले शान्ति सुरक्षा अमनचयनको प्रत्यभूति विना विकास, निर्माण र जनजीविकाले गति लिन नसक्ने भएकोले समुदायको पहिलो सर्त शान्ति सुरक्षा र अमनचयन भएकै कारण यसका लागि प्रहरीसँगै नागरिकको सकृय सहभागिता अनिवार्य रहेको उल्लेख गर्नुभयो।
वडा अध्यक्ष शिव श्रेष्ठले सिमित साधनस्रोतका बाबजुद जिल्लामा नेपाल प्रहरीले खेल्दै आएको भूमिका प्रशंसनीय रहेको बताउदै सामाजिक कार्यमा प्रहरी सगँ हातेमालो गरेर अगाडि बढ्ने प्रतिवद्धता जनाउँनुभयो । चौतारा बजारमा रहेको पार्किङ व्यवस्थापनमा प्रहरीले सहयोग गरेकोमा धन्यवाद व्यत गर्नुभयो ।
कार्यक्रमलाई समापन गदै प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक बाल नरसिंह राणाले नेपाल प्रहरीको सत्य ,सेवा सुरक्षणम् को सङ्कल्प हिजो पनि अटल थियो र आज पनि अटल रहिरहने बताउनुभयो। आजको परिवर्तित लोकतान्त्रिक समाजले व्यवसायिक र पारदर्शी प्रहरी सेवाको अपेक्षा गरेको उहाँको भनाइ छ।
नागरिकमैत्री प्रहरीका रूपमा पारदर्शी, जबाफदेही, सेवाग्राही र नागरिक स्वीकार्य, मानव अधिकारको संरक्षण र सम्मानको कसीमा प्रहरीका काम कारवाहीहरू उत्कृष्ट हुने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।यसअघि जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले प्रहरी दिवसको अवसर पारेर सुरक्षा चुनौती विषयमा टेलिभिजनमा टक सो कार्यक्रम, विभिन्न सार्वजनिक स्थान मठमन्दिरहरुमा सरसफाई कार्यक्रम, र बिभिन्न खेल प्रतियोगिता गरेको थियो ।
प्रहरी कार्यालय परिसरमा रहेको सहिद स्मारकमा प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले पुष्पमाला अर्पण गरेर दिवसको शुभारम्भ गर्नभएको थियो । सङ्गै कर्तव्य पालनाका शिलसिलामा प्राणको आहुति दिने अमर प्रहरीहरुका त्याग र वलिदानलाई सम्मान गर्दै अमर प्रहरी स्मारकमा पुष्पहार तथा शोक सलामी अर्पण गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय चौतारामा प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेको प्रमुख आतिथ्यता ,विषेश अतिथि सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठ , विषेश अतिथि नगर उपप्रमुख सिता थापा, राष्ट्रिय अनुसन्धानका प्रमुख सुदिप अधिकारी , बिभिन्न सुरक्षा निकायका प्रमुख पत्रकार महांसघ अध्यक्ष जिवन श्रेष्ठ, वडा अध्यक्ष शिव श्रेष्ठ र जिल्लाभरका प्रहरी कार्यालयका प्रमुख पत्रकार लगाएतका व्यतित्वहरुको उपस्थीतिमा भब्यताकासाथ प्रहरी दिवस मनाइएको हो।
प्रतिक्रिया दिनुहोस्