२०८१ भाद्र २३
                           

कृष्ण मन्दिर संरक्षणका लागि नविन श्रेष्ठद्वारा १ लाख प्रदान

कृष्ण मन्दिर संरक्षणका लागि नविन श्रेष्ठद्वारा १ लाख प्रदान
सिन्धुपाल्चोक ,२०कात्तिक – चौतारा स्थित ११५ वर्ष परानो कृष्ण मन्दिर संरक्षणका लागि चौतारा बजारका नवीन श्रेष्ठले आर्थिक सहयोग प्रदान गर्नुभएको छ ।


चौतारा स्थायी घर भइ लामो समयदेखि काठमाडौ बस्दै आउनु भएका श्रेष्ठले सोमबार एक कार्यक्रमबीच श आफ्नी आमा शारदादेवी श्रेष्ठ र बुबा रुद्रप्रसाद श्रेष्ठको सम्मानमा १ लाख ११ हजार ८सय ८ रुपैयाँ श्री कृष्ण मन्दिर संरक्षण तथा अक्षयकोष निर्माण समितिका अध्यक्ष सुरेश कसजूलाई हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा आफू हुर्केका, खेलेको ठाउँका लागि आफूले केही योगदान दिन पाउँदा खुशी लागेको बताउनु भयो ।


२०७२ साल वैशाख १२ गतेको महाभूकम्पको कारण ध्वस्त भएको कृष्ण मन्दिर हालै मात्र पुनर्निर्माण भएको हो ।
पुरानो नै ढाँचा, शैली र परम्परागत रुपमा निर्मित कृष्ण मन्दिर संरक्षण गर्नका मन्दिर संरक्षण तथा अक्षयकोष निर्माण समितिले आर्थिक संकलनको अभियान सञ्चालन गर्दै आएको छ ।


अध्यक्ष कसजूका अनुसार कोषमा हालसम्म ३ लाख २२ हजार हजार ३ सय ५२ रुपैयाँ जम्मा भइसकेको छ । यसअघि कृष्ण जन्माष्टमीका दिनमा चौताराका शिक्षा अभियन्ता एवम् समाजसेवी ध्रुवलाल श्रेष्ठले आफ्ना मातापिता टिका लक्ष्मी र हरिलाल श्रेष्ठको स्मृतिमा १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्नु भएको छ ।


खासगरी कृष्ण मन्दिरलाई संरक्षण गर्दै सिंगो पुरानो बजारलाई साँस्कृतिक र पर्यटकीय बजारको रुपमा विकास गर्ने हेतुले यो समितिको गठन भएको हो ।

प्रतिक्रिया दिनुहोस्