२०८१ भाद्र २३
                           

सिन्धुकी अञ्जलीलाई एसियन ओपन तेक्वान्दो च्याम्पियनसीपमा रजतपदक

सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–४ की अञ्जली तामाङले  नोभेम्बर १ देखि ५ सम्म पाकिस्तान भएको कम्बक्स पाँचौं एसियन ओपन तेक्वान्दो च्याम्पियनसीप जी–२, २०२३ मा रजतपदक जितेकी छिन ।

फाइनल खेलमा अञ्जलीले इन्डोनेसियाकी खेलाडीसंगको गेममा रजतपदक उपाधी प्राप्त गरेे सङ्गै  मेडल, प्रमाणपत्रका साथ पुरस्कृत भएकी छन्।

अञ्जलीले पहिलो गेममा बाई पाउदैं दोस्रो र तेस्रो गेममा पाकिस्तानकी खेलाडीलाई पराजित गराउदैं फाइनल गेममा प्रवेश गरेकी थिइन् ।

सिन्धुपाल्चोकको बिकट गाउँ यमुनाडाडाँमा जन्मेकी तामाङले स्थानीय गणेश माध्यमिक बिद्यालयमा एसएलसीसम्म र त्यसपछिको प्रशिक्षण राजधानीबाट लिई हाल नेपाल पुलिस क्लबमा तेक्वान्दोको प्रशिक्षण लिदैँ र्आईरहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्