२०८१ भाद्र २३
                           

चौतारा  नगरपालिकाले गर्यो भुकम्प प्रभावितलाई १७ लाख दिने निर्णय

सिन्धुपाल्चोक ,२३कात्तिक
चौतारा साँगाचोकगढी नगरपालिकाले जाजरकोट र रुकुम पश्चिममा शुक्रबार राती गएको भूकम्पबाट प्रभावितलाई आर्थिक सहयोग गर्ने  निर्णय गरेको छ। केन्द्रीय राहतकोष मार्फत एकद्वार प्रणालीमा रकम जम्मा गर्नेगरी  नगरपालिकाले १७ लाख रकम घोषणा गरेको हाे।

प्राकृतिक विपत्तिको बेला एक नेपालीले अर्को नेपालीको घाउमा मलम लगाउनु पर्छ भन्ने भावले सहयोग गर्ने निर्णय गरेका छाै। पिडाको अवस्थामा भूकम्प पिडितहरुलाई हामी सबै तपाईको साथमा छौ भन्ने महसुस गराउनको लागि सहयोग गरेको चौतारा साँगाचोकगढि नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले बताउनुभयो ।

शुक्रबार राती ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युटको शक्तिशाली भूकम्प गएको थियो । भूकम्पमा परि अहिलेसम्म १४७ जनाको मृत्यु भइसकेको छ भने १८० भन्दा बढी घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्