२०८१ भाद्र २३
                           

सामुदायिक क्याम्पसहरुको जिल्ला भेलाबाट अध्यक्षमा गम्भीरलाल श्रेष्ठ सर्वसम्मत चयन

सिन्धुपाल्चोक ,२५ कात्तिक – नेपाल पब्लिक क्याम्पस सघं सिन्धुपाल्चोक समिति गठन भएको छ । आज जिल्लाको सुकुटेमा बसेको सामुदायिक क्याम्पसहरुको भेलाले सो समिति गठन गरेको हो । इन्द्रावती बहुमुखी क्याम्पसका अध्यक्ष एवम् नेपाल पब्लिक क्याम्पस सघं बागमती प्रदेशका कोषाध्यक्ष सिपि दुलालको संयोजकत्वमा भएको भेलाले चौतारा क्याम्पसका अध्यक्ष गम्भीरलाल श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।

जसकाे अध्यक्षमा गम्भीरलाल श्रेष्ठ (चौतारा क्याम्पस) ,भवनाथ आचार्य(अभयानन्द क्याम्पस) – उपाध्यक्ष ,कृष्ण प्रसाद आचार्य (सुनकोसी क्याम्पस)- सचिव , पदम प्रसाद पराजुली (जुगल क्याम्पस)- सह सचीव, राजन लामिछाने (मेलम्ची भ्याली क्याम्पस)- कोषाध्यक्षमा चयन भएका छन् ।

सदस्यहरुमा राजेन्द्र बहादुर श्रेष्ठ (इन्द्रावती क्याम्पस) ,राजेश थापा (जलबिरे भ्याली क्याम्पस), यम बहादुर बस्नेत (अरनिको क्याम्पस) ,हिक्मत बहादुर खत्री ठोकर्पा सामुदायिक क्याम्पसमा रहेकाछन् ।

यस्तै सल्लाहकार समितिमा शिव प्रसाद न्यौपाने (ठोकर्पा सामुदायिक क्याम्पस)- संयोजक
,राधाकृष्ण श्रेष्ठ (इन्द्रावती क्याम्पस)- सल्लाहकार
, नगेन्द्र प्रसाद दंगाल(चौतारा बहुमुखी क्याम्पस) सल्लाहकार ,कुञ्जरमणी भट्टराई (अभयानन्द शिक्षा क्याम्पस)-सल्लाहकार , बासुदेव श्रेष्ठ ( अरनिको क्याम्पस)- सल्लाहकार ,सुकदेव तिमल्सिना( सुनकोसी क्याम्पस)- सल्लाहकार
र चन्द्र प्रसाद सापकोटा (जलबिरे भ्याली क्याम्पसकाे सल्लाहकारमा चयन भएका छन् ।कार्यक्रममा बागमती प्रदेशका अध्यक्ष शैलेन्द्र कुइँकेल,प्रदेश सचिव भानुभक्त पाण्डे,केन्द्रिय सदस्य गोविन्दप्रसाद पराजुली लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्