२०८१ मंसिर ७
                           

मंसिर १९ र २० मा हुने तेस्रो सिन्धु राष्ट्रिय तेक्वान्दो प्रतियोगिताकाे तयारी अन्तिम चरणमा

मङ्सिर ५- सिन्धुपाल्चोकको बाह्रविसेमा हुने मंसिर १९ र २० मा तेस्रो सिन्धु राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको तयारी अन्तिकम चरणमा पुगेकाे छ ।
प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली त्रिभुवन आर्मी, नेपाल पुलिस, एपीएफ र आयोजकको एक गरी ११ टोलीका खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्।

एसियाली खेलकुद, दक्षिण एसियाली खेलकुदलगायत अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी खेलाडीहरूले पनि प्रतिस्पर्धा गर्ने आयोजक सिन्धुपाल्चोक तेक्वान्दो संघका अध्यक्ष प्रेम भण्डाले बताए ।

प्रतियोगितामा सहभागी हुने कुनै पनि खेलाडीले कुनै पनि शूल्क लाग्दैन ।खेलाडीको खाना र बसोबासकोसमेत व्यवस्था समेत आयोजकले मिलाएको छ ।

प्रतियोगितामा ग्योरोगीतर्फ १२ सिनियर र चार जुनियर गरी १६ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । महिला तथा पुरुष एकल, पेल्यर र टिम पुम्सेमा प्रतिस्पर्धा हुनेछ ।

प्रतीयाेगिताकाे टिम च्याम्पियनले ७० हजार नगद पुरस्कार पाउने छन् । यस्तै दोस्रो हुनेले ५० हजार र तेस्रो हुने टोलीले ३० हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिताका उत्कृष्ट महिला र पुरुष खेलाडीलाई जनही १० हजार रुपैयाँ प्रदान गरिने अायाेजकले जनाएको छ ।

आयोजक टोलीका स्वर्ण विजेता खेलाडीलाई जनही पाँच हजार रुपैयाँ प्रदान गरिने छ।यो प्रतियोगिता बाह्रबिसे नगरपालिकाको सहआयोजनामा हुन लागेको हो ।

 

प्रतिक्रिया दिनुहोस्