२०८१ भाद्र २३
                           

जुगल हिमश्रृङ्खला अन्तरगत रहेका हिमालबारे अन्तराष्ट्रिय रुपमा प्रचारप्रसार

सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा रहेका जुगल हिमश्रृङ्खला अन्तरगत रहेका हिमालबारे अन्तराष्ट्रिय रुपमा प्रचारप्रसार गरिएको छ । नोभेम्बर १६ तारिख देखी १९ सम्म संयुक्त अधिराज्य बेलायतको लेक डिस्ट्रिकको केन्डल सिटिमा सञ्चालित केन्डल माउन्टेन फेस्टिबलमा नेपालको तर्फबाट जुगल हिमालको प्रचारप्रसार गरिएको हो ।

राजधानीबाट सबैभन्दा नजिक पर्ने जुगल हिमाल काखको गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्बोलगायतको टोलीले गाउँपालिकाको तर्फबाट जुगल वृत्तचित्र, अन्तरकृया र सांस्कृतिक कार्यक्रमको प्रस्तुत गरेको थियो ।
२०७५ सालमा केही चुचुरा र यही बर्ष नेपाल सरकारले आरोहण खुला गरेको जुगलका विभिन्न चुचुरा आरोहणका सम्बन्धमा जानकारी गराइएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्