२०८१ भाद्र २३
                           

बलेफी हाइड्रोपावर र विद्युत् प्राधिकरणबिच भयो सम्झौता

मङ्सिर ६ गते- अपर बलेफी हाइड्रोपावर लिमिटेड र नेपाल विद्युत् प्राधिकरणबिच विद्युत् खरिद सम्झौता (पीपीए)  भएको छ ।  एक समारोहका बीच मंगलबार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र अपर बलेफी हाइड्रोपावर लिमिटेडका अध्यक्ष उमेश कसजुले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सो अवसरमा गोल्याण ग्रुपको ऊर्जा विभागका प्रमुख कार्यकारी अधिकृत प्रवीण अर्याल तथा गोल्यान ग्रुपका प्रमुख वित्तिय अधिकृत संजय कुमार साहको उपस्थिति थियो । गोल्यान ग्रुपको ऊर्जा विभाग अन्तर्गत अपर बलेफी जलविद्युत परियोजना (४६ मेगावाट) सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्