२०८१ भाद्र २३
                           

मेलम्ची ९ ज्यामिरेको वडा कार्यालय भवनको नगरप्रमुख तामाङद्धारा उद्घाटन

मेलम्ची नगरपालिका वडा नम्बर ९ को प्रशासकिय भवन उद्घाटन गरिएको छ । बुधबार मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ , उपप्रमुख उमा प्रधान , प्रमुख प्रशासकिय अधिकृत निमेष मिश्र, वडा अध्यक्ष किरणदिप खडका लगायतले भवनको उद्घाटन गर्नुभएको हो ।

द्घाटन कार्यक्रममा बोल्दै मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले मेलम्ची नगरपालिकाको धेरै वडा कार्यालय निर्माण भइ सकेको बताउँदै बाँकी पनि चाडैं निर्माण सम्पन्न हुने बताउनुभयो । उहाँले पुर्वाधार निर्माणसंगै सेवा लिन स्थानीयलाई अझ सहज हुने बिश्वास व्यक्त गर्नुभयो ।उहाँले प्रदेश र संघले सहयोग गर्न कन्जुस्याइँ गरेपनी नगरले काम गरिरहेको बताउनुभयो ।तामाङले मेलम्ची ९ लगायत समग्र नगरको विकासमा सबै संग हातेमालो गर्ने प्रतिबद्धता जनाउनुभयो ।

मेलम्ची ९ पर्यटन र कृषिमा नमूना हुन सक्ने भएकाले सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । उपप्रमुख उमा प्रधानले भवन चिटिक्क बनेको भन्दै यसको संरक्षणमा सबैले ध्यान दिन आग्रह गर्नुभयो । उहाँले सम्पुर्ण वडा तथा अन्य स्थान बाल तथा अपांगमैत्री हुनु पर्नेमा जोड दिनुभयो ।

उप प्रमुख प्रधानले १३ वटै वडाको विकासका लागि नगरपालिका लागि परेको बताउदै अब आय आर्जनमा वृद्धि गर्न सामुहिक खेती र कार्य हुनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्