२०८१ भाद्र २३
                           

हेलम्बुमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरूको लागि निशुल्क बस सेवा

शिक्षा क्षेत्रमा आमुल परिवर्तन ल्याउने गरी मोडेल विद्यालयको अवधारणा ल्याएको हेलम्बु गाउँपालिकाले आफ्नो पालिकाभरी निशुल्क बस सेवा सुरु गरेको छ । बिहिबार उक्त दुईवटा बसको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाद्वारा विधिवत रुपमा उदघाटन गरेर सञ्चालनमा ल्याईएको हो ।

गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरूको लागि निशुल्क बस सेवा सुरुआत गरेको जनाएको छ । एकीकृत सिकाइ केन्द्र, हेलम्बुमा उच्च शिक्षा अध्ययन गर्ने गाउँपालिकाका दुर्गम भेगका विद्यार्थीलाई लक्षित गरी बस सेवा सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए ।

पालिका शिक्षा शाखाका अनुसार एकीकृत सिकाइ केन्द्रमा सरस्वती माध्यामिक विद्यालय, भूमेश्वरी माध्यामिक विद्यालय र महेन्द्र माध्यामिक विद्यालयका गरी कक्षा ११ मा १२३ जना र कक्षा १२ मा १०८ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्